१४ आश्विन, काठमाडौं ।
वैदेशिक रोजगार कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि श्रम स्वीकृतिको काम रोकिएको छ ।
वैदेशिक रोजगार कार्यालयले अर्को सूचना जारी नहुने बेलासम्मका लागि ताहचलस्थित कार्यालय बन्द रहने एक सूचना जारी गरी जनाएको छ ।
‘‘कार्यालयमा कार्यरत कर्मचारीमा कोभिड–१९ संक्रमण देखिएका कारण मिति २०७७–६–१४ बाट अर्को सूचना प्रकाशित नभएसम्मका लागि कार्यालयबाट प्रवाह हुने सबै प्रकारका सेवा बन्द गरिएको व्यवहोरा जानकारी गराइएको छ,’’ कार्यालयद्वारा जारी सूचनामा छ ।
यस्तै थप जानकारीका लागि कार्यालयको आधिकारिक फेसबुक हेर्न पनि सूचनामा जनाइएको छ ।