×

NEPAL TIMES UPDATES

Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026
Playing
इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ? || Nepal Times
Mar 11, 2026
Playing
बालेन सफल भए नयाँ युग, असफल भए फेरि विद्रोह! || Nepal Times
Mar 11, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-27-2082 || Nepal Times
Mar 11, 2026
Playing
मध्यपूर्वको रणमैदानको बाछिटा, मानवीय संकटदेखि इन्धन अभावसम्म || Nepal Times
Mar 11, 2026
Playing
हर्मुज घेरेर बस्यो इरान, अमेरिकाको प्याट्रियट सिस्टम ध्व स्त || Nepal Times
Mar 11, 2026
Playing
फेरि २८ सयमुनि झ¥यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार || Nepal Times
Mar 11, 2026
Playing
Indiaसँगको सीमामा राजमार्ग बनाउँदै China ,‘चिकेन नेक’ को हलचल || Nepal Times
Mar 11, 2026
Playing
५ वर्ष कै द सजा य काटेर छुटे मनाङे, २० प्रतिशत कैद छुट || Nepal Times
Mar 11, 2026
Playing
World News: भारतसहित छिमेकीहरुमा इन्धन हाहाकार, यु*द्धको मूल्य उपभोक्ताको थाप्लोमा || Nepal Times
Mar 11, 2026

कोभिड कहरमा पनि यसरी उठ्दैछन् भत्किएका सम्पदाहरु

१४ आश्विन २०७७

१४ असाेज, काठमाडाैँ ।

२०७२ सालको भूकम्पबाट क्षति भएका पुरातात्विक महत्वका ऐतिहासिक दरबारहरु धमाधम उठने तरखरमा छन् । दरबारहरुको मौलिकताको अधिकतम सुरक्षा हुने गरी पुननिर्माणको काम भइराखेको राष्ट्रिय पुननिर्माण प्राधिकरणले बताएको छ । काठमाडौंका ऐतिहासिक सिंहदरबार, केसरमहल, बालमन्दिर, बबरमहल लगायतका दरबारहरुको प्रबलिकरण विधि मार्फत पुननिर्माणको काम भइरहेको छ ।

२०७२ सालको भूकम्पबाट क्षति भएका सिंहदरबारको मूख्य प्रशासनिक भवन सहित काठमाडौंमा रहेका केसरमहल, बाल मन्दिर र बबरमहल दरबार विस्तारै उठने प्रक्रियामा छन् । दरबारहरुमा रहेका ऐतिहासिक पुरातात्विक सम्पत्तिहरुको मौलिकतामा कुनै क्षति नहुने गरी राष्ट्रिय पुननिर्माण प्राधिकरणले प्रबलिकरण विधिमार्फत पुननिर्माण गरिरहेको छ ।

प्राधिकरणका अनुसार सिंहदरबारको मूख्य प्रशासनिक भवनको पूर्वपट्टीको भागको सम्पूर्ण कार्य आगामी मंसिर महिना भित्रमा सम्पन्न हुनेछ । यो भवनको पुननिर्माणको काम सम्पन्न भएपनि फायरफाइटिङ, इन्टेरियर, ल्याण्डस्केपिङ र सुरक्षा लागयतको काम भइराखेको प्राधिकरणका आयोजना उपनिर्देशक झप्पर सिंह विश्वकर्माले बताए । यो भवनको कुल लागत भ्याट बाहेक ५५ करोड ९४ लाख रपैयाँ रहेको छ ।

त्यस्तै सिंहदरबारको पश्चिमपट्टीको मोहडाको पुननिर्माणले पनि तिब्रता पाएको छ । यो भवन पनि प्रबलिकरण विधिमार्फत पुननिर्माण भइराखेको हो । ऐतिहासिक महत्वका वस्तुहरुलाई जस्ताको तस्तै जोगाउने गरी पूरानै निर्माण सामग्रीकोे प्रयोग गरि पूरानै विधिमार्फत काम भइराखेको विश्वकर्माले बताए । यो भवनको कुल लागत भ्याट बाहेक ५० करोड रुपैयाँ छ भने हाल सम्म ३५ प्रतिशत प्रगति भएको छ । यो भवन २०७८ भदौ ५ गते भित्रमा सम्पन्न हुनेछ । त्यस्तै काठमाडौंको केसरमहल दरबारको पूननिर्माण हालसम्म २० प्रतिशत सम्पन्न भएको छ । भ्याट बाहेक ५९ करोड ५० लाख रुपैयाँ बजेटमा पुननिर्माण हुन लागेको यो दरबार २०७८ मंसिर १२ गते भित्रमा सम्पन्न हुनुपर्नेछ ।

बबरमहल दरबारको निर्माण कार्यमा पनि २० प्रतिशत प्रगति भएको प्राधिकरणका आयोजना उपनिर्देशक विश्वकर्माले बताए । यो दरबारको कुल लागत भ्याट बाहेक ८६ करोड रुपैयाँ छ भने यसको पुननिर्माण २०७८ असार मसान्त सम्ममा सम्पन्न भइसक्नुपर्नेछ । यस्तै बालमन्दिरको पुननिर्माणमा पनि १५ प्रतिशत प्रगति भएको छ । भ्याट बाहेक कुल ५५ करोड रुपैयाँ लागतमा पुननिर्माण भइरहेको यो दरबार २०७८ मंसीर मसान्त सम्ममा सम्पन्न हुनेछ ।

चारवटै दरबारको पुननिर्माण हुँदा ऐतिहासिक पुरातात्विक कलाकृतिहरु नविग्रने गरी पुरानै निर्माण सामग्रीको प्रयोग गरिएको छ । सुर्कि, फलाम, चुना, काठ लगायतको प्रयोग गरेर पूरानै विधिबाट प्रवलिकरण गरिरहेको आयोजना उपनिर्देशक विश्वकर्माले बताए ।

पुननिर्माणको काम हुँदा राष्ट्रिय भवन निर्माण संहिताले मागेको सुरक्षा प्रत्याभुत हुने गरी प्रबलिकरणको काम भइरहेको पनि विश्वकर्माले बताए । पूरानै शैली, पुरानै निर्माण सामग्री, पूरानै पद्धति र पूरानै कलाकृतिलाई ‘जस्ताको तस्तै तर बलियो प्रशस्तै’ भन्ने सिद्धान्तबाट पुननिर्माणको काम भइरहेको उनले बताए । तर सिंहदरबारको पूर्वी मोहडाको पुननिर्माणमा भने छड र सिमेन्टको प्रयोग गरिएको छ । यसअघि २०३० सालमा आगलागिबाट क्षति भएपछि यो भवनको निर्माण सिमेन्ट र छडको प्रयोग भई गरिएको थियो । त्यसैले अहिले पनि पर्खालको भित्र र बाहिर ज्याकेटिङ प्रविधि मार्फत बाधेर प्रबलिकरण गरिएको उनले बताए ।


दरबारहरुको पूननिर्माण तोकिएको समयमा सम्पन्न हुनेमा भने कोभिड–१९ का कारण चुनौति थपिएको छ । निर्माण सामग्रीको नियमति आपूर्ति श्रृङखलामा असर परेको र देश बाहिरबाट निर्माण सामग्री ल्याउन नसक्दा समस्या भएको प्राधिकरणका आयोजना उपनिर्देशक विश्वकर्माको भनाई छ । यसबाहेक कोभिड कै कारण दक्ष कालिगढहरुको समेत अभाव भएको छ । तरपनि कालिगढहरुलाई अतिरिक्त काम गर्ने वातावरण तयार गरेर भएपनि समयमै सम्पन्न गर्ने योजनाका साथ काम गरिएको उनले बताए ।

 

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top