NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
न्यूयोर्कको बलिङ पार्कमा नेपालको राष्ट्रिय झण्डा, नेपालीको सम्मान आइतवार कार्तिक ९ , २०८२
दुर्गा प्रसाईँ अब सुध्रिने, देश छाड्न तयार, निशानामा मारवाडी आइतवार कार्तिक ९ , २०८२
वार्ता असफल भए पाक–अफगानबीच खुला यु द्ध आइतवार कार्तिक ९ , २०८२
आज मन्त्रिपरिषद् विस्तार, थपिँदै छन् ४ मन्त्री आइतवार कार्तिक ९ , २०८२
काम नगर्ने ठेक्दारलाई कुलमानले नछोड्ने आइतवार कार्तिक ९ , २०८२
Next
Prev

समाचार

बाबरी मस्जिद प्रकरण : सबै ३२ अभियुक्तले पाए सफाइ

बुधबार अशोज १४ , २०७७
Reading Time: 1 min read
A A
बाबरी मस्जिद प्रकरण : सबै ३२ अभियुक्तले पाए सफाइ
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१४ असोज, एजेन्सी ।
भारतको अयोध्यामा २८ वर्षअघि बाबरी मस्जिद भत्काइएको घटनासम्बन्धी मुद्दाका सबै ३२ अभियुक्तले सफाइ पाएका छन् ।

बुधबार अन्तिम पटक फैसला सुनाउँदै केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) अन्तर्गत गठित विशेष अदालतले राम मन्दिर आन्दोलनका प्रमुख तथा सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेताहरू लालकृष्ण अडवाणी, मुरली मनोहर जोशी र उमा भारतीसहित ३२ अभियुक्तलाई सफाइ दिइएको हो । फैसला सुनाउने न्यायाधीश आज नै पदमुक्त हुँदैछन् ।

न्यायाधीश एसके यादवले फैसलामा अभियुक्तहरूले घटनाका लागि पूर्वषड्यन्त्र रचेको भन्ने आरोप पुष्टि नहुने र प्रमाणका रूपमा पेस गरिएका अडियो एवं भिडियो प्रस्ट नभएको उल्लेख गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

LS Auto

यो फैसलापछि बाबरी एकशन कमिटीका संयोजक तथा अल इण्डिया मुस्लिम पर्सनल ल बोर्डका सदस्य जफरयाब जिलानीले आफूहरु असन्तुष्ट रहेको र उच्च अदालत जाने बताएका छन् । यो मामिलामा सीबीआईसँग फेरि जाँच गर्नको लागि अपिल गरिने उनले भने ।

१९९२ डिसेम्बर ६ मा भाजपानिकट हिन्दू कट्टरवादी ‘कार सेवकहरू’ ले राम जन्मभूमि भएको दाबी गर्दै अयोध्यामा १६औं शताब्दीमा निर्मित बाबरी मस्जिदको बाहिरी संरचना भत्काइदिएका थिए । त्यसपछि भड्किएको साम्प्रदायिक हिंसामा २ हजारभन्दा बढीको ज्यान गएको थियो ।

उक्त घटनामा संलग्न भएको आरोपमा सीबीआईले सुरुमा आडवाणी, जोशीलगायत ४९ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । मुद्दा किनारा नलाग्दै १७ जनाको मृत्यु भइसकेको बताइएको छ । बाँकी ३२ अभियुक्तमध्ये अघिल्लो महिना अयोध्यामा शिलान्यास गरिएको राम मन्दिर निर्माणका लागि गठित श्री जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका प्रमुख नृत्यगोपाल दास, उत्तरप्रदेशका पूर्वमुख्यमन्त्री कल्याण सिंह, भाजपा नेत्री उमा भारती पनि हुन् । अदालतले फैसलाका दिन सबै अभियुक्तलाई उपस्थित हुन आदेश दिएको थियो । तर, आडवाणी, जोशी र भारतीलगायत उपस्थित नभएको सञ्चारमाध्यमले जनाएका छन् । अदालतमा २६ जना अभियुक्त मात्र उपस्थित रहेको बताइएको छ ।

घटनापछि भारतीय केन्द्र सरकारले १९९३ मा विवादास्पद जमिन र वरिपरिको ६७.७ एकड जमिन नियन्त्रणमा लिएको थियो । सन् २०१० मा अलाहावाद उच्च अदालतले विवादास्पद भूमिलाई राम लल्ला (जन्मभूमि), निर्मोही अखडा र ऐतिहासिक मुस्लिम पवित्र भूमिमा भाग लगाउने फैसला गरेको थियो । उक्त निर्णयको भाजपा र हिन्दूवादी संगठन मात्र नभएर मुस्लिम संगठनले पनि विरोध गरेका थिए ।

सर्वोच्च अदालतले २०११ मा अलाहावाद अदालतको फैसलामाथि रोक लगाउने निर्णय र्गयो । त्यसपछि उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्चमा पुनः एक दर्जनभन्दा बढी रिट दायर गरिए । ९ नोभेम्बर २०१९ मा सर्वोच्च अदालतले ती सबै रिट एउटै इजलासमा हेर्ने निर्णय गरेको थियो । त्यसपछि राममन्दिर–बाबरी मस्जिद विवादको सुनुवाइ सर्वोच्चमा लगातार ४० दिन चलेको थियो । अदालतले अन्तिम फैसला ९ नोभेम्बर २०१९ मा सुनाएको थियो । अदालतको उक्त फैसलापछि राममन्दिर निर्माणको बाटो खुलेको थियो ।

सो स्थानमा गत ५ अगस्टमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मन्दिर शिलान्यास गरेका  छन्।

लोकप्रीय

न्यूयोर्कको बलिङ पार्कमा नेपालको राष्ट्रिय झण्डा, नेपालीको सम्मान

न्यूयोर्कको बलिङ पार्कमा नेपालको राष्ट्रिय झण्डा, नेपालीको सम्मान

आइतवार कार्तिक ९ , २०८२
दुर्गा प्रसाँइको आन्दोलनसँग सरकार सशङ्कित

दुर्गा प्रसाईँ अब सुध्रिने, देश छाड्न तयार, निशानामा मारवाडी

आइतवार कार्तिक ९ , २०८२
पाकिस्तान र अफगानिस्तानबीच फेरि यु द्ध विराम

वार्ता असफल भए पाक–अफगानबीच खुला यु द्ध

आइतवार कार्तिक ९ , २०८२

विचार

थप समाचार

न्यूयोर्कको बलिङ पार्कमा नेपालको राष्ट्रिय झण्डा, नेपालीको सम्मान
अन्तर्राष्ट्रिय

न्यूयोर्कको बलिङ पार्कमा नेपालको राष्ट्रिय झण्डा, नेपालीको सम्मान

आइतवार कार्तिक ९ , २०८२
दुर्गा प्रसाँइको आन्दोलनसँग सरकार सशङ्कित
ताजा समाचार

सरकारको अर्जुन दृष्टि निर्वाचनमा
Breaking news

आज मन्त्रिपरिषद् विस्तार, थपिँदै छन् ४ मन्त्री

आइतवार कार्तिक ९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:शिरमा ब न्दुक राखेर Indiaले Trumpसँग सम्झौता नगर्ने, सुरक्षा परिषद् कमजोर

World News:शिरमा ब न्दुक राखेर Indiaले Trumpसँग सम्झौता नगर्ने, सुरक्षा परिषद् कमजोर

00:20:26

विश्वमै इन्धनको भाउ बढ्ने, पुटिनलाई रोक्न सीको शरणमा ट्रम्प || Nepal Times

00:22:07

World News: भेनेजुएलासँग ५००० रूसी मिसाइल, क्यानडाले माग्यो नेतन्याहुको गिरफ्तारी || Nepal Times

00:17:50

World News: उत्तरले हान्यो ब्यालिस्टिक मिसाइल, बेलायती ‘स्टोर्म श्याडो’ रुसी प्लान्टमा|| Nepal Times

00:15:42

World News: पुनर्निर्माणमा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई नेपालको आह्वान || Nepal Times

00:14:56

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

प्रचण्ड नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन

सम्पत्ति छानविनपछि आत्तियो माओवादी,सुशीलालाई भेट्न दूत पुगे

सोमवार कार्तिक ३ , २०८२
डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

आजको विदेशी मुद्राको विनिमय दर

बिहिबार कार्तिक ६ , २०८२
ट्रम्प–जेलेन्स्कीबीच फेरि ह्वाइटहाउसमा कटुतापूर्ण वार्ता

ट्रम्प–जेलेन्स्कीबीच फेरि ह्वाइटहाउसमा कटुतापूर्ण वार्ता

मङ्लबार कार्तिक ४ , २०८२

हालका पोस्टहरू

न्यूयोर्कको बलिङ पार्कमा नेपालको राष्ट्रिय झण्डा, नेपालीको सम्मान

न्यूयोर्कको बलिङ पार्कमा नेपालको राष्ट्रिय झण्डा, नेपालीको सम्मान

आइतवार कार्तिक ९ , २०८२
दुर्गा प्रसाँइको आन्दोलनसँग सरकार सशङ्कित

दुर्गा प्रसाईँ अब सुध्रिने, देश छाड्न तयार, निशानामा मारवाडी

आइतवार कार्तिक ९ , २०८२
पाकिस्तान र अफगानिस्तानबीच फेरि यु द्ध विराम

वार्ता असफल भए पाक–अफगानबीच खुला यु द्ध

आइतवार कार्तिक ९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.