×

NEPAL TIMES UPDATES

Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026
Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026
Playing
बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला || Nepal Times
Mar 10, 2026
Playing
यसरी अन्त्य भयो काँग्रेस–कम्युनिस्ट युग || Nepal Times
Mar 10, 2026
Playing
जनताले नपत्याएपछि कुलमानले लोडसेडिङ सम्झिए|| Nepal Times
Mar 10, 2026
Playing
Top 15 Afternoon News || Mar-10-2026 || Nepal Times
Mar 10, 2026
Playing
Balen प्रधानमन्त्री बन्न लागेकोमा भारतीय मिडियाहरु के भन्छन् ?|| Nepal Times
Mar 10, 2026
Playing
युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ|| Nepal Times
Mar 10, 2026

आजबाट सहुलियत पसल खुल्दै, अनलाइनबाट पनि किन्न सकिने

१५ आश्विन २०७७

१५ आश्विन, काठमाडौँ ।
चाडपर्वलाई लक्षित गर्दै अनलाइन अर्डरमार्फत पनि सामान किन्न सकिने गरी सरकारले आजबाट सुपथ मूल्य पसल सन्चालन गरेको छ ।

खाद्य वस्तु बिक्री गर्न सहुलियत पसल सञ्चालन गर्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको परम्परालाई निरन्तरता दिँदै छठको भोलिपल्टसम्म यस्ता पसल सञ्चालन गर्न लागेको हो । उपत्यका र बाहिर गरी ६५ भन्दा बढी सरकारी आउटलेट–बिक्री केन्द्रबाट छुट दिइने मन्त्रालयकी सहायक प्रवक्ता उर्मिला केसीले जानकारी दिइन् ।

‘उपत्यकामा साल्ट ट्रेडिङ कर्पोरेसनका ११ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीका ५ आउटलेट–बिक्री केन्द्र छन् । जिल्लामा खाद्यका २५ र साल्टका २४ वटा आउटलेट छन्,’ उनले भनिन्, ‘तिनबाट खाद्यवस्तुमा छुट दिइनेछ ।’

उपत्यकाका कालीमाटी, कोटेश्वर, टेकु, सिंहदरबार, सतुंगल, ललितपुर, थापाथाली, नख्खु, प्रयागपोखरी, जावलाखेल र भक्तपुरमा यस्ता पसल सञ्चालन हुनेछन् । खाद्य र साल्टसँगै दुग्ध विकास संस्थान (डीडीसी) ले पनि आफ्ना बिक्री केन्द्रबाट छुट दिने उनले बताइन् ।

डीडीसीले लैनचौर, न्युरोड र खुमलटारबाट छुट दिनेछ । आउटलेटबाट नुन, चिनी, घिउ, चामल, दाल, फापर, केराउ, सिमी र खसीबोकामा छुट दिइनेछ । विगतमा यी तीन संस्थानसँगै निजी क्षेत्रले पनि रामशाह पथमा एकीकृत सहुलियत पसल सञ्चालन गर्दै आएको थियो ।

यस वर्ष कोरोनाका कारण बढी भीड हुने आकलनले एकीकृत सहुलियत पसल नराखिने भएको हो । आउटलेटमा यी निकायले बिक्री गर्ने सबै वस्तु पाइने मन्त्रालयले जनाएको छ । ‘साल्ट र खाद्यका आफ्नै बिक्री केन्द्र–स्टल छन्, त्यहाँ छुट पाइन्छ,’ केसीले भनिन् ।

सबैले आआफ्नो स्टलबाट छुट दिने निर्णय भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिइन् । ‘आआफ्नो स्टलमा छुट दिँदा भीड कम हुन्छ,’ उनले भनिन्, ‘त्यही भएर यसपालि एकीकृत सहुलियत पसल खोलिएन ।’

ताप्लेजुङदेखि सुदूरपश्चिमसम्म खाद्यका डिपो छन् । तिनबाट पनि छुट दिइने उनले बताइन् । अनलाइन सेवा पनि यथावत् रहने न्यौपानेको भनाइ छ । डीडीसीका योजना तथा बजार व्यवस्थापन विभाग प्रमुख सञ्जीव झाले पनि यसपालि एकीकृत पसल सञ्चालन नगरिने जानकारी दिए ।

‘सहुलियत पसल सञ्चालन नगरे पनि खाद्य र साल्टका आउटलेटमा घिउ उपलब्ध गराउँछौं,’ उनले भने । मन्त्रालयका अनुसार आउटलेटसँगै घुम्ती सेवा पसल पनि सञ्चालन गरिनेछ । घुम्ती सेवा विशेषगरी साल्ट ट्रेडिङले सञ्चालन गर्दै आएको छ ।

सरकारले प्रतिकिलो ७० रुपैयाँमा चिनी बिक्री गर्ने निर्णय गरेको छ । हाल साल्टको चिनीको मूल्य ७३ रुपैयाँ छ । निजी क्षेत्रले आयात र उत्पादन गरेको चिनीको खुद्रा मूल्य ८५ रुपैयाँसम्म पर्छ । साल्टबाट बिक्री गर्ने उक्त चिनी गत वर्षको तुलनामा सस्तोमा बिक्री गर्न लागिएको आपूर्ति मन्त्रालयकी सहायक प्रवक्ता केसीले जानकारी दिइन् ।

सस्तो चिनी खरिदमा भने सीमा तोकिएको छ । प्रतिपरिवार ४ किलो मात्रै खरिद गर्न सक्ने व्यवस्था मिलाइएको छ । ‘सहुलियत चिनी ८ सय टन मात्रै मौज्दात छ । त्यही भएर खरिदमा सीमा तोकेका छौं,’ उनले भनिन्, ‘थप २० हजार टन आउने क्रममा छ । अभाव हुँदैन ।’

खाद्यले बिक्री गर्ने चामलमा प्रतिकिलो ५ रुपैयाँ छुट हुनेछ । दसैंलाई लक्ष्य गरी बिक्री गरिने खसी, बोका, च्यांग्रामा प्रतिकिलो १० रुपैयाँ छुट दिइनेछ । खसीबोका र च्यांग्रा भने घटस्थापनाको एक–दुई अगाडिबाट मात्रै बिक्री गरिने खाद्य व्यवस्था तथा व्यापार कम्पनीकी सूचना अधिकारी न्यौपानेले जानकारी दिइन् ।

खसीबोका हेटौंडा, दाङ र च्यांग्रा मुस्ताङबाट खरिद गरी बिक्री गरिने जनाइएको छ । ‘तत्काललाई एक हजार खसी र एक हजार च्यांग्रा किन्ने योजना छ,’ उनले भनिन्, ‘माग बढे थप भित्र्याउँछौं ।’ खाद्यले १० रुपैयाँ छुट दिने बताए पनि किलोको मूल्य भने निर्धारण गरेको छैन ।

भर्खरको समाचार

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

सम्बन्धित खबरहरु

Scroll to Top