आचरण कमजोर नबनाउन ट्राफिक प्रहरीलाई डिआईजी विश्वराजको निर्देशन

१७ असोज ७७, आइतबार

१८ असोज, काठमाडौँ ।
महानगरीय प्रहरी आयुक्तको कार्यालयका प्रमुख विश्वराज पोखरेलले ट्राफिक प्रहरीको आचरण कमजोर भए सिंगो प्रहरी संगठन सुध्रिन कठिन हुने बताएका छन् । प्रहरी अधिकृत र जवानहरुको लागि संयुक्त मेस भवन उद्घाटन गर्दै प्रमुख पोखरेलले ट्राफिक प्रहरीको व्यवहार र आचरण कमजोर बनाउन नहुने बताए ।

प्रहरी आयुक्तको कार्यालयका आयुक्त प्रहरी नायव महानिरीक्षक (डिआइजी) पोखरेलले कुनै पनि कुरामा कमजोरी गर्न नहुने, व्यवहार र आचरणमा आँच आउने काम नगर्न पनि उनले निर्देशन दिए । ट्राफिक प्रहरी अन्य प्रहरीभन्दा व्यक्तित्व, शैक्षिक र क्लोज ट्रेनिङको हिसाबले उम्दो संगठन भएको पनि उनले बताए ।

कोभिडको समयमा ट्राफिक प्रहरीले भोग्नुपरेको अफ्ठ्यारो, असहजता र कठिनाई कसैसँग पनि तुलना गर्न नसकिने उनले बताए । सबैभन्दा बढी जोखिममा रहेरे काम गर्ने राष्ट्रसेवकमा ट्राफिक प्रहरी पनि अग्र स्थानमा रहेको उनले बताए ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीम ढकालले आफ्नो समस्या लुकाएर भएपनि जनताको सेवामा २४ घण्टामा नै खटिएको बताए । उनले कोभिड सुरु भएपछि ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापन, नागरिकलाई कोभिडबाट बचाउने र जोखिममा रहेर काम गर्ने अधिकृत र जवान एकजुट भएर अगाडी बढीरहेको बताए ।

डिआइजी पोखरेलले आइतबार प्रहरी अधिकृत तथा जवानहरुको संयुक्त मेस भवन र हराएका तथा फेला परेका वा चोरी भएका सवारी साधनको अभिलेख व्यवस्थापन सफ्टवेयरको उद्घाटन गरेका हुन ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top