×

NEPAL TIMES UPDATES

Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026
Playing
World News:युरोनियमका लागि रुसको इरानलाई सहयोग,रुसमाथिको प्रतिबन्ध हट्यो, सामूहिक चिहानमा ५६ श*व
Apr 19, 2026
Playing
बस्तीमा डोजर चलेपछि घेरियो सरकार || Nepal Times
Apr 19, 2026
Playing
अब गरिबको चमेली बोल्दिने कोही छैन् गाउनु नपरोस् || Nepal Times
Apr 19, 2026

कोरोनाका बीच विद्यालय खुल्दै, विद्यार्थी र अभिभावक खुशी

१९ आश्विन २०७७

१९ असोज, सिन्धुपाल्चोक ।
कोरोना महामारीका कारण धेरै प्रभावित बनेको एक शिक्षा क्षेत्र पनि हो । करिब छ महिनापछि शैक्षिक संस्थाहरु स्थान विशेषमा आंशिक रुपमा सञ्चालनमा आँउदा विद्यार्थी तथा अभिभावक खुसी देखिएका छन् । तर अहिलेको परिस्थितिमा विद्यालय सञ्चालन हुँदा बालबालिकाको सिकाइस्तर भने खस्किएको पाइएको छ ।

सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–७, डाँडागाँउका सन्तोष नेपाली श्री पन्चकन्या आधारभूत विद्यालयको ६ कक्षाको प्रथम विद्यार्थी हुन् । कक्षा पाँचबाट प्रथम भएर छ मा गएका सन्तोष छ महिनापछि मात्रै कक्षा छ को पढाइ गर्न विद्यालय आउन पाँउदा खुसी छन् । घरमा बस्दा कहिले घरायसी काम त कहिले साथीभाइसँग खेलेरै समय विताएका नेपाली आफुलाई पढ्नुपर्छ भन्ने चाँही लागेको बताउछन् । तर पनि विद्यालय आएर नियमित पढेजस्तो चाँही नभएको उनको अनुभव छ । सन्तोष कोरोनाको त्रासको विचमा विद्यालय आउनुपर्दा माक्स लगाएर आउने गर्दछन् । घरबाट निस्कने बेला स्यानिटाइजर लगाएर आउने गरेका उनी विद्यालयमा भने पटक पटक साबुनपानीले हात पनि धुने गर्दछन् । लकडाउन खुकुलो भएसँगै विद्यालय सञ्चालन भएर पढ्न पाँउदा आफु खुसी भएको उनको भनाई छ ।

Advertisement
Advertisement

सोही ठाँउका सुस्मीता भण्डारी पनि कक्षा ६ मा नै पढ्छिन् । कोरोना महामारीकै बीचमा विद्यालय सञ्चालन हुँदा आफु सचेत र सुरक्षित भएर विद्यालय आउने गरेको उनले बताइन् । लामो समय विद्यालय बन्द हुँदा साथीहरुसँग भेटघाट गर्न नपाएकोले दुःखी भएपनि अहिले भने विद्यालय खुलेपछि सबै साथीहरुसँग भेट गर्न पाएकोमा उनले खुसी व्यक्त गरिन् । कोरोना संक्रमणबाट जोगिन भने रुखाखोकी लागेको साथीलाई विद्यालय नआउन भन्ने गरेको र आइहालेमा दुरी कायम गरेर मात्रै बस्ने गरेको उनको भनाई छ । पटक पटक साबुनपानीले हात धुने गरेकी सुस्मिता पनि घरमा बस्दा पढाइलाई खासै समय दिन नसकेको स्विकार्दै विद्यालय खुल्दा खुसी लागेको बताइन् ।

सुस्मिताकी आमा लक्ष्मी भण्डारीले पनि विद्यालय खुलेकोमा आफु धेरै खुसी भएको बताइन् । आफ्ना बच्चा घरमा बस्दा पढाइमा खासै समय दिन नसकेको उनको भनाई छ । छोराछोरी घरमै बरालिएर बस्दा पढाइमा खासै समय नदिएकोमा अहिले विद्यालय खुलेपछि भने बच्चाको शैक्षिक स्तर सुधार हुने उनको अपेक्षा छ ।

पञ्चकन्या आधारभुत विद्यालयका प्रधानाध्यापक रामचन्द्र पौडेल लामो समयपछि विद्यालय खुल्दा विद्यार्थीको शैक्षिक स्तर भने खस्किएको पाएको बताए । कोरोना महामारीबाट बच्न सबैजसो स्वास्थ्य मापदण्ड पूरा गरेर कक्षा सञ्चालन गरे पनि सबै विद्यार्थीले सो मापदण्ड पुरा गर्न नसकेको उनको भनाई छ । छ महिना मात्रै विद्यालय बन्द हुँदा पनि विद्यार्थीको शैक्षिक स्तर धेरै खस्किएको पाएको उनले बताए ।

अझैै पनि देशभरीका शैक्षिक संस्था बन्द रहेका छन् । कतिपय विद्यालयहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विद्यालय संञ्चालनको तयारी गरिरहेका छन् । सरकारले वैकल्पिक माध्यमका पढाइ सञ्चालन गर्न भनेपनि खासै प्रभावकारी बन्न नसकेको जानकारहरु बताउँछन् ।

Advertisement

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top