२१ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा हालसम्म कै उच्च थप ३ हजार ४ सय ३९ जनामा कोरोना संक्रमण देखिएको छ ।
योसंगै हालसम्म संक्रमित हुनेहरुको संख्या ९४ हजार २ सय ५३ पुगेको छ ।
आज मात्र १ हजार १ सय २६ जना डिस्चार्ज भएका छन् ।
योसंगै हालसम्म उपचार पछि निको हुने संक्रमितहरुको संख्या ६८ हजार ६ सय ६८ पुगेको छ ।
आज सक्रिय सक्रमितअरुको संख्या २५ हजार ७ पुगेको छ ।