×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

२४ घन्टा यता ट्रम्पमा कोरोनाभाइरसको लक्षण देखिएन

२२ आश्विन २०७७

२२ आश्विन, एजेन्सी ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमा पछिल्लो २४ घन्टा भन्दा लामो समयदेखि कोभिड–१९ को कुनै लक्षण नदेखिएको उनका चिकित्सकहरूले जनाएका छन्।

त्यसअवधिमा ट्रम्प ज्वरोबाट पनि मुक्त रहेको उनीहरूको भनाइ छ। राष्ट्रपतिका चिकित्सक सीन कोन्लीका अनुसार ट्रम्पमा पहिचान गर्न सकिने तहमा भाइरसलाई परास्त गर्न सक्ने एन्टिबडी देखिएको छ।

कोन्लीले अस्पताल लगिएयता ट्रम्पलाई अतिरिक्त अक्सिजन दिन नपरेको जानकारी दिए। शुक्रवार अस्पताल भर्ना गरिएका ट्रम्प सोमवार फर्किएका थिए।

पछिल्लो स्वास्थ्य रिपोर्ट
ह्वाइट हाउसले जनाए अनुसार ब्रिफिङको निम्ति ट्रम्प ओभल कार्यालय फर्किएका छन्।

डा. कोन्लीले भने, अक्सिजन र स्वासप्रश्वास दर लगायत सबै परीक्षण र महत्त्वपूर्ण सूचक स्थिर तथा सामान्य श्रेणीमा छन्। उनका अनुसार सोमवारको प्रयोगशालाको परिणामले राष्ट्रपतिमा कोरोनाभाइरसलाई परास्त गर्ने एन्टिबडी पहिल्याउन सकिने स्तरमा फेला परेको देखाएको छ।

गत बिहिवार एन्टिबडी पहिचान गर्न नसकिने तहमा झरेको थियो। शरीरले सङ्क्रमण विरुद्ध लड्न एन्टिबडी बनाउँछ र रगतमा कोरोनाभाइरस एन्टिबडी देखिनुले कुनै व्यक्तिमा भाइरस थियो भन्ने सङ्केत दिन्छ।

तर त्यसको उपस्थितिले उक्त व्यक्तिमा भाइरसको सङ्क्रमण फेरि हुन्छ कि हुन्न भन्ने अझै अस्पष्ट छ।

ट्रम्पको नयाँ भिडिओ

ओभल कार्यालय बाहिर छायाङ्कन गरिएको ट्रम्पको एउटा भिडिओ ह्वाइट हाउसले सार्वजनिक गरेको छ।

जसमा ट्रम्पले आफूलाई भएको कोरोनाभाइरस सङ्क्रमणलाई सुरुमा कठिन तर भगवानको आशिर्वादका कारण राम्रो भएको रूपमा लिएको बताएका छन्। पाँच मिनेटको भिडिओमा ट्रम्पले भनेका छन्, म सबै नागरिकलाई उस्तै उपचार दिइनुपर्छ भन्ने चाहन्छु जुन तपाईँको राष्ट्रपतिको रूपमा मैले पाएँ।

किन कि मैले आराम महसुस गरिरहेको छु। उनले सबै सङ्क्रमितको निम्ति निशुल्क औषधि उपलब्ध गराउने प्रतिबद्धता पनि जनाएका छन्। अमेरिकी सञ्चार माध्यमहरूले उक्त भिडिओ एक दिन अघि सार्वजनिक गर्ने योजना रहेको तर उपराष्ट्रपतिका उम्मेद्वारहरूबीचको बहस हुनुभन्दा तीन घन्टाअघि सार्वजनिक गरिएको उल्लेख गरेका छन्।

चर्को बहस

उपराष्ट्रपति माइक पेन्स र उक्त पदको निम्ति डेमोक्र्याट उम्मेद्वार कमला ह्यारिसबीच सुरु भएको चुनावी बहसलाई ट्रम्प सङ्क्रमित भएपछिको ठूलो राजनीतिक महत्त्वको रूपमा हेरिएको छ।

ह्यारिस र पेन्स एक अर्कामाथि आक्रमक रूपमा प्रस्तुत भएका छन्। ह्यारिसले ट्रम्प प्रशासनलाई देशको इतिहासकै सबैभन्दा विफल भनेकी छन्। उनीहरूबीच चीनसँगको सम्बन्ध, कर नीति, जलवायु परिवर्तन, महामारी लगायतका विषयमा वाद प्रतिवाद भएको छ।

बहस सुरु हुनुअघि पेन्स र ह्यारिस दुवैको भाइरस परीक्षणको नतिजा नेगेटिभ आएको थियो। राष्ट्रपति ट्रम्प बिरामी परेकाले अब उनले कति चुनावी अभियान गर्न सक्छन् भन्ने दुविधा उत्पन्न गरिदिएको छ।(बीबीसी)

भर्खरको समाचार

बालेनको हेलि रोकिएपछि ओलीपनि झापा नजाने

Screenshot 2026-03-05 131333

आजको निर्वाचन किन विशेष छ ?

59dec7b1-ffc4-4a59-92ac-05992ca9a7c9

रुपन्देही–३ का स्वतन्त्र उम्मेदवार यादव पक्राउ, मोदीको भिडियो बनाउने समातिए

646734880_1237585725170615_3234719909965768070_n

प्रधानमन्त्रीले धापासीबाट भोट हाल्ने, बालेन, कुलमानले हाले भोट

Screenshot 2026-03-05 081435

बालेन,रवि,ओलीदेखि प्रचण्ड,गगनसम्मले आफूलाई भोट हाल्न नपाउने

2f9aeca7-a85b-4734-b63e-8656aa1e6cd6 (1)

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

सम्बन्धित खबरहरु

Scroll to Top