नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशत मात्रै : विश्व बैंक

२१ असोज ७७, बिहीबार

 २२ असाेज, काठमाडाैँ ।

Advertisement

विश्व बैंकले चालु आर्थिक वर्ष २०७७/०७८ (सन् २०२१) मा नेपालकाे आर्थिक वृद्धिदर शून्य दशमलव ६ प्रतिशतमा सीमित रहने जनाएको छ ।

‘साउथ एसिया इकोनोमिक फोकस’ रिपोर्ट सार्वजनिक गर्दै विश्व बैंकले कोरोना महामारी नियन्त्रणको लागि सरकारले गरेको लकडाउनका कारण सबैजसो क्षेत्रको आर्थिक वृद्धिदर खुम्चिने र केही क्षेत्रको वृद्धिदर नकारात्मकतातर्फ जाने बताएको हाे ।

Advertisement

सरकारले सात प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेकोमा विश्व बैंकले भने जम्मा शून्य दशमलव ६ प्रतिशतको मात्रै वृद्धि हुने तथ्याङ्क सार्वजनिक गरेको हो ।

बिहीबार सार्वजनिक गरिएको अर्धवार्षिक अपडेटका अनुसार महामारीको असर कायमै रहेका कारण दक्षिण एसिया यस वर्ष हालसम्मकै सुक्ष्म मन्दीमा डुबेको छ । जसका कारण अनौपचारिक क्षेत्रका कामदारहरू सबैभन्दा बढी मारमा परेका छन् । अनौपचारिक क्षेत्रमा कार्यरत हजारौंले रोजगारी गुमाएका कारण लाखौं दक्षिण एसियालीहरु चरम गरिबीमा धकेलिँदै गएको विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ।

Advertisement

पछिल्ला पाँच वर्षहरूमा लगातार वार्षिक ६ प्रतिशतको हाराहारीमा रहेको दक्षिण एसियाको आर्थिक संकुचन दर सन् २०२० मा ७.७ प्रतिशतले संकुचित हुने आकलनसहित यस प्रतिवेदनले दक्षिण एसियाभरि अपेक्षा गरिएको भन्दा निकै तीव्र आर्थिक गिरावट हुने प्रक्षेपण गरेको छ । सन् २०२१ मा क्षेत्रीय वृद्धि ४.५ रहने अनुमान छ ।

जनसंख्या वृद्धिको अनुपात हेर्दा यस क्षेत्रको प्रतिव्यक्ति आय सन् २०१९ मा अनुमान गरिएभन्दा ६ प्रतिशतले कम रहनेछ । अबको समयमा हासिल गरिने आर्थिक वृद्धिले पनि विद्यमान महामारीको स्थायी आर्थिक क्षतिलाई परिपूर्ति नगर्ने विश्व बैंकले जनाएको छ ।

गएको आर्थिक वर्ष २०७६/०७७ मा केन्द्रीय तथ्याङ्क विभागले २ दशमलव ३ प्रतिशतको वृद्धि हुने अनुमान गरे पनि विश्व बैंकले भने शून्य दशमलव २ प्रतिशतको मात्रै वृद्धिदर भएको दाबी गरिसकेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top