×

NEPAL TIMES UPDATES

Playing
आन्दोलन, जनअपेक्षा र इतिहास दोहोरिने डर उतिकै || Nepal Times
Mar 07, 2026
Playing
रास्वपा बहुमत नजिक , कांग्रेस ५ मा सीमित , अन्य दल कहाँ ? || Nepal Times
Mar 07, 2026
Playing
Nepal Election Update: रास्वपाको लहर, १७ जित र १०० क्षेत्रमा अग्रता – काठमाडौं क्लिन स्विप
Mar 07, 2026
Playing
झापामा रास्वपाले सोत्तर पार्याे, पाँचै क्षेत्रमा अग्रता,२ अध्यक्ष नै पछि || Nepal Times
Mar 06, 2026
Playing
समानुपातिकमा पनि रास्वपाको छलाङ, कांग्रेस पछ्याउदै, एमाले चौथो || Nepal Times
Mar 06, 2026
Playing
कसरी ढले पुराना दलका गढ र लालकिल्लाहरु ? || Nepal Times
Mar 06, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-22-2082 || Nepal Times
Mar 06, 2026
Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026

अण्डा उत्पादनमा ४० प्रतिशत गिरावट

२३ आश्विन २०७७

२३ असाेज, चितवन ।

दानामा भएको चर्को मूल्य वृद्धिका कारण नेपालका अण्डा उत्पादक किसान मारमा परेका छन् । दानामा भएको चर्को मूल्य वृद्धिले किसान अण्डा बिक्रीबाट न्यूनतम उत्पादन खर्चसमेत उठाउन नसकिरहेकाले उनीहरु मारमा परेका हुन् ।

दानामा भएको चर्को मूल्य वृद्धिले बन्दाबन्दी यता अण्डा उत्पादनमा ४० प्रतिशत गिरावट आएको नेपाल अण्डा उत्पादक सङ्घले जनाएको छ । सङ्घका अनुसार बन्दाबन्दी अघि मुलुकभर दैनिक ५० लाख गोटा अण्डा उत्पादन हुँदै आएकोमा हाल दैनिक ३० लाख गोटा अण्डा उत्पादन हुने गरेको छ ।

यो कूल उत्पादनको ४० प्रतिशत कमी हो । तीन वर्षदेखि वार्षिक १५ लाख गोटा अण्डा उत्पादन हुँदै आएकोमा बन्दाबन्दीपछि यसको उत्पादनमा ओरालो लागेको सङ्घले जनाएको छ । देशको कूल ग्राहस्थ उत्पादनमा पोल्ट्री व्यवसायको योगदान करिब चार प्रतिशत रहेको छ । तीमध्ये अण्डाको मात्र करिब एक प्रतिशत योगदान रहेको छ । “बन्दाबन्दी अगाडि दानामा भएको चर्को मूल्यवृद्धिका कारण करिब ५० प्रतिशत किसान यो व्यवसाय छाडेका छन्”, सङ्घका उपाध्यक्ष किरणभूषण ओलीले भने, “बैँकबाट कर्जा लिएर निर्माण गरिएका अधिकांश पोल्ट्री संरचनामा अहिले ताला लागेका छन् ।”

दानामा भएको चर्को मूल्यवृद्धिका कारण सबैभन्दा बढी अण्डा उत्पादक साना किसान प्रभावित भएका छन् । पाँच हजारभन्दा कम कुखुरा पाल्ने किसानलाई साना किसान भनिन्छ । नेपालमा एकै व्यक्तिले तीन लाखसम्म कुखुरा पाल्ने गरेका छन् । दानामा भएको चर्को मूल्य वृद्धिले अण्डा बिक्रीबाट न्यूनतम उत्पादन खर्चसमेत उठाउन नसक्दा अधिकांश साना किसान यो व्यवसायबाट विस्थापित हुँदै गइरहेको छ । “ विगत एक वर्षदेखि किसानले अण्डा बिक्रीबाट न्यूनतम उत्पादन खर्चसमेत उठाउन सकेको छैन्”, उनले भने, “दानाको चर्को मूल्य र कोभिड–१९ का कारण साना व्यवसायीहरु विस्थापित भएका छन् ।”

सरकारले राहत उपलब्ध नगराए पोल्ट्री व्यवसाय नै सङ्कटमा पर्न सक्ने अवस्थामा आइपुगेको व्यवसायीहरुको भनाइ छ । सङ्घका अनुसार सन् २०१६/१७ मा प्रतिदिन ३८ लाख अण्डा उत्पादन हुन्थ्यो । सन् २०१७÷१८ मा प्रतिदिन ५० लाख अण्डा उत्पादन हुँदै आएकोमा अहिले त्यसमा भारी गिरावट आएको छ ।

सङ्घका उपाध्यक्ष ओलीका अनुसार दाना किन्ने किसान अहिले पनि मारमा छन् । आफैं दाना उत्पादन गर्नेले मात्र यो व्यवसाय धानिएका छन् । दाना बनाउन मकै, भटमास आवश्यक पर्छ । मकै र भटमासको मूल्यमा हुने वृद्धिले दानाको मूल्यमा असर पार्छ । विगत २८ वर्षदेखि कुखुरा पाल्दै आउनुभएका पूर्वी चितवनका व्यवसायी दिपक खनालले अण्डाको व्यापारमा विचौलिया हावी हुँदा किसानको जीवनस्तर माथि उठ्न सकेको छैन् । अण्डा उत्पादनमै आफ्नो जीवन लगाएका उनले भने, “विचौलियाका कारण अण्डा व्यापारलाई अहिलेसम्म व्यवस्थित गर्न सकिएन ।”

त्यस्तै विगत तीन दशकदेखि कुखुरा पाल्दै आएका रामलाल भुषालले पनि अण्डाको बहुउपयोगी गुणबारे अझै पनि सबैलाई बुझाउन नसकिएको बताए । उनले मानव स्वास्थ्यका लागि आवश्यक पर्ने, प्रशस्त मात्रमा प्रोटिन पाइने, कुनै पनि प्रकारको मिसावट गर्न नसकिने तथा प्रोटिन र खनिज तत्वले भरिपूर्ण सबैभन्दा सस्तो मूल्यमा पाइने वस्तु नै अण्डा रहेको छ तर यसबारे आम उपभोक्तालाई बुझाउन नसकिएको बताए ।

नेपालमा विषेशगरी चितवन, रुपन्देही, पोखरा, काठमाडौँमा पोल्ट्री व्यवसायीहरु छन् । पोल्ट्री व्यवसायमा चार लाख ५० हजारले प्रत्यक्ष रोजगारी पाएको बताइएको छ । रासस

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top