×

NEPAL TIMES UPDATES

Playing
प्रहरी मारिएकोदेखि न्यायालय जलाइएको वर्ष २०८२ || Nepal Times
Apr 14, 2026
Playing
Top 15 Afternoon News || April-14-2026 || Nepal Times
Apr 14, 2026
Playing
इरानी सेनाको समर्थनमा सडकमा उत्रिए जनता, पुटिनले दिए साथ || Nepal Times
Apr 14, 2026
Playing
Iranले ५ वर्ष आणविक परियोजना रोक्ने, America भन्छ २० वर्ष || Nepal Times
Apr 14, 2026
Playing
पोप लियोलाई गा ली गरेपछि Trump ‘यशु’ बने.... || Nepal Times
Apr 14, 2026
Playing
शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छैन् कुनै डर|| Nepal Times
Apr 14, 2026
Playing
आफ्नै रौद्र रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्व*स्त’ पारिदिने|| Nepal Times
Apr 14, 2026
Playing
नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना,नयाँ सुरुआतको ढोका खुल्यो || Nepal Times
Apr 14, 2026
Playing
अब सबैभन्दा ठूलो मुश्लिम देशमा पनि ट्रम्पको दबदबा || Nepal Times
Apr 13, 2026
Playing
सिंहदरबार छिरे कलाकारःबालेन प्रधानमन्त्री, सुधन गृहमन्त्री बनेको वर्ष || Nepal Times
Apr 13, 2026

आईपीएल : राजस्थानलाई पराजित गर्दै दिल्ली शीर्षस्थानमा उक्लियो

२४ आश्विन २०७७

२४ असोज, एजेन्सी ।
राजस्थान रोयल्सलाई पराजित गर्दै दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० को अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ । शुक्रबार राती शारजाहमा भएको आईपीएलको २३ औं खेलमा राजस्थानलाई ४६ रनले पराजित गर्दै दिल्ली शीर्षस्थानमा उक्लिएको हो ।

जितका लागि १ सय ८५ रनको लक्ष्य पछ्याएको राजस्थान १९.४ ओभरमा १ सय ३८ रनमा अल आउट भयो । राजस्थानका राहुल टेवाटियाले २९ बलमा ३ चौका र २ छक्का सहित सर्वाधिक ३८ रनको योगदान दिए । त्यस्तै युवा ब्याट्सम्यान यशस्वी जैसवालले ३६ बलमा २ छक्का र १ चौका सहित ३४ रनको योगदान दिए ।

Advertisement
Advertisement

स्पिनर रविचन्द्रन आश्विनले तेस्रो ओभरको तेस्रो बलमा ओपनर जस बटलरलाई १३ रनमा शिखर धवनबाट उत्कृष्ट क्याच आउट गराउँदै पहिलो सफलता दिलाए । बटलरले ८ बलमा २ चौका प्रहार गरे । एनरिच नोर्टजेको नवौं ओभरको पहिलो बलमा ठूलो सट खेलेका कप्तान स्टिभ स्मिथ २४ रनमा शिम्रन हेटमायरबाट उत्कृष्ट क्याच आउट हुन पुगे ।

स्मिथले १७ बलमा २ चौका र १ छक्का प्रहार गरे । मार्कस स्टोइनिसले ११ औं ओभरको तेस्रो बलमा सन्जु स्यामसनलाई ५ रनमा हेटमायरबाट क्याच गराएपछि राजस्थानको जित कठिन देखिएको थियो । आश्विनले महिपाल लोमरोरलाई १ रनमा क्याच आउट गराए ।

मार्कस स्टोइनिसले १३ औं ओभरको पहिलो बलमा जैसवाललाई बोल्ड आउट गरेपछि दिल्ली खेलमा पूर्णरुपमा हाबी बनेको थियो । १४ औं ओभरको पाँचौ बलमा अक्षर पटेलले एन्डु टाईलाई ६ रनमा कागिसो रबाडाबाट क्याच आउट गराए ।

रबाडाले १५ औं ओभरको पाँचौ बलमा रबाडाले जोफ्रा आर्चरलाई २ रनमा कप्तान श्रेयस ऐरबाट क्याच आउट गराउँदा राजस्थान १००–७ को कमजोर अवस्थामा पुगेको थियो । श्रेयस गोपाल २ रनमा क्याच आउट भए । २० औं ओभरको पहिलो बलमा रबाडाले टेवाटियालाई बोल्ड आउट गरे ।

रविचन्द्रन आश्विनले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । मार्कस स्टोइनिस २ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । कागिसो रबाडाले ३।४ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए । एनरिच नोर्टजे, अक्षर पटेल र हर्षल पटेलको नाममा एक एक विकेट रह्यो ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८४ रन बनाएको थियो । दिल्लीका शिम्रन हेटमायरले २४ बलमा १ चौका र ५ छक्का सहित सर्वाधिक ४५ रनको योगदान दिएका थिए ।

जोफ्रा आर्चरले दोस्रो ओभरको तेस्रो बलम ओपनर शिखर धवनलाई यशस्वी जैसवालबाट ५ रनमा क्याच आउट गराए । आर्चरकै पाँचौ ओभरको दोस्रो बलमा ठूलो सट खेलेका पृथ्वी शा टप एज लागेपछि १९ रनमा कट एण्ड बोल्ड आउट हुन पुगे । शा ले १० बलमा २ चौका र १ छक्का प्रहार गरे ।

छैटौं ओभरको पाँचौ बलमा कप्तान श्रेयस ऐरलाई जैसवालले उत्कृष्ट डाइरेक्ट हिटमा स्टम्प ताक्दै रन आउट गराएपछि दिल्ली ५०–३ को कमजोर अवस्थामा पुगेको थियो । दशौं ओभरको दोस्रो बलमा विकेटकिपर ऋषभ पन्तपनि ५ रनमा आउट बन्न पुगेपछि दिल्ली थप समस्यामा परेको थियो । १४ औं ओभरको तेस्रो बलमा स्पिनर राहुल टेवाटियाले मार्कस स्टोइनिसलाई ३९ रनमा स्टिभ स्मिथबाट क्याच आउट भएपछि शारजाहको छोटो बाउन्ड्रीमा ठूलो योगफलको सम्भावना टाढिएको थियो । स्टोइनिसले ३० बलमा ४ छक्का प्रहार गरे ।

कार्तिक त्यागीको १७ औं ओभरको अन्तिम बलमा लगातार तेस्रो छक्का प्रहार गर्ने धुनमा ठूलो सट खेलेका हेटमायर लङअङमा टेवाटियाबाट क्याच आउट हुन पुगेपछि विशाल योगफलको सम्भावना टाढिएको थियो । हर्षल पटेल १५ बलमा १ चौका सहित १६ रनमा आउट भए । अक्षर पटेलले ८ बलमा २ चौका र १ छक्का सहित १७ रनमा क्याच आउट भए ।

राहुल टेवाटियाले ४ ओभरमा २० रन खर्चेर १ विकेट लिए । कार्तिक त्यागीले ४ ओभरमा ३५ रन खर्चेर १ विकेट लिए । जोफ्रा आर्चरले ४ ओभरमा २४ रन ३ खर्चेर विकेट लिए । एन्ड्रु टाईले ४ ओभरमा ५० रन खर्चेर १ विकेट लिए ।

जितसँगै दिल्ली ६ खेलमा ५ मा जित र १ मा हार सहित १० अंकका साथ शीर्षस्थानमा छ । मुम्बई ६ खेलमा ४ मा जित र २ मा हार सहित ८ अंक जोड्दै दोस्रो स्थानमा छ । सनराइजर्स हैदराबाद ६ खेलमा समान ३ मा जित र हार सहित तेस्रो स्थानमा छ । समान ५ खेलमा ६–६ अंक भएपनि नेट रन रेटको आधारमा कोलकाता चौथो र बेंगलोर पाँचौ स्थानमा छन् ।
चेन्नई सुपर किंग्स ६ खेलमा ४ मा हार र २ मा जित सहित छैटौ स्थानमा छ । राजस्थान ६ खेलमा ४ मा हार र २ मा जित सहित सातौं स्थानमा छ । किंग्स इलेभेन पन्जाब ६ खेलमा ५ मा हार र १ मा जित सहित २ अंक जोड्दै पुछारमा छ ।

दिल्लीले अब आइतबार मुम्बईसँग खेल्ने छ । आइतबारनै राजस्थानले सनराइजर्स हैदराबादसँग खेल्ने छ ।

Advertisement

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top