सोलुखुम्बुलाई दुई वर्षमा फुसको छाना मुक्त बनाइने

२३ असोज ७७, शनिबार

२४ आश्विन, सोलुखुम्बु ।
सोलुखुम्बुलाई दुई वर्षभित्र फुसको छानोमुक्त बनाइने भएको छ ।

सोलुखुम्बुका सङ्घीय सांसद हेमकुमार राई (शुरवीर)ले जस्ताको छाना लगाउन नसक्ने विपन्न परिवारलाई सङ्घीय सरकारले रु ५० हजार सहयोग गरेर फुसको छानामुक्त बनाइने बताए ।

सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा जिल्लाका एक हजार २८९ विपन्न परिवारले उक्त अनुदान पाउने सांसद राईको भनाइ छ । सांसद राईको संयोजकत्वमा शुक्रबार जिल्ला समन्वय समितिको कार्यालयमा बसेको सुरक्षित नागरिक आवास समन्वय समितिको बैठकले आठवटै स्थानीय तहका वडामा अनुदान दिने घरधुरीको सङ्ख्या निर्धारण गरेको छ ।

बैठकको निर्णयअनुसार प्रथम चरणको यस कार्यक्रमअन्तर्गत थुलुङ दूधकोशी गाउँपालिकामा सबैभन्दा बढी ३४७ र लिखुपिके गाउँपालिकामा सबैभन्दा कम ७५ घरधुरीले अनुदान प्राप्त गर्नेछन् । यसैगरी सोलुदूधकुण्ड नगरपालिकामा १३०, माप्या दूधकोशी गाउँपालिकामा १४१, नेचा सल्यान गाउँपालिकामा २२९, महाकुलुङ गाउँपालिकामा १३५, खुम्बु पासाङल्हामु गाउँपालिकामा ७७ र सोताङ गाउँपालिकामा १५५ घरधुरीले अनुदान प्राप्त गर्ने छन् । खुम्बु पासाङल्हामु गाउँपालिकाको वडा नं २ मा भने यसअघिनै जस्तापाताको छानो रहेको गाउँपालिकाले जनाएको छ ।

बैठकमा सङ्घीय सांसद राईले गरिबीको रेखामुनि रहेका र छानो फेर्न नसक्ने विपन्न वर्गलाई यस कार्यक्रमले राहत मिल्ने बताए । सोलुखुम्बुको लागि बढी सङ्ख्यामा माग गरिएको भए पनि पहिलो चरणमा एक हजार २८९ घरधुरीका लागि बजेट प्राप्त भएको उनको भनाइ छ । जसकोे कार्यान्वयन स्थानीय सरकारले नै बताइएको छ ।

त्यसैगरी बैठकमा जिल्ला समन्वय समिति, सोलुखुम्बुका प्रमुख वीरकुमार राईले खर, काठ वा ढुङ्गाको छानो जोखिमपूर्ण हुने भएकाले सुरक्षित नागरिक आवास कार्यक्रम प्रभावकारी हुने बताए । सोलुखुम्बुमा सञ्चालन हुने यस कार्यक्रमअन्तर्गत सबै जस्तापाता हरियो घाँसे रङको प्रयोग गरिने भएको छ ।

वातावरणमैत्री र प्रभावकारीरुपमा कार्यक्रम सञ्चालनका लागि हरियो (घाँसे) रङको जस्तापाता प्रयोग गर्ने निर्णय गरेको सांसद राईले बताए । (रासस)

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top