२४ आश्विन, काठमाडौं ।
१९ औं पटकको सत्याग्रहमा बसेका डा. गोविन्द केसीलाई अनसन अन्त्य गर्न सरकारले आग्रह गरेको छ ।
सरकारी वार्ताटोलीले आज एक विज्ञप्ति जारी गर्दै डा. केसीले उठाएका अधिकांश माग कार्यान्वनको चरणमा रहेको र केही अध्ययनको क्रममा रहेको भन्दै कोरोनाको विद्यमान विषम परिस्थितीलाई मध्यनजर गर्दै तत्काल अनसन अन्त्य गर्न आग्रह गरेको छ ।
असोज २२ र २३ गते भएको वार्तामा सरकारले आफ्नो तर्फबाट डा. केसीले उठाएका मागबारे स्पष्ट पारिसकेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।