×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सक्षम बालिका समृद्ध प्रदेश नारासहित बालिका सम्मेलन सम्पन्न

२५ आश्विन २०७७

२५ असोज, झापा ।
अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा नगर बाल सञ्जाल दमकको आयोजनामा भर्चुअल प्रदेश बालिका सम्मेलन सम्पन्न भएको छ । दमक नगरपालिकाको समन्वय र इटहरी , कनकाई, कमल पालिकास्तरीय बाल सञ्जालको सहकार्यमा भर्चुअल मार्फत सम्मेलन सम्पन्न गरेको हो ।

असोज २४ र २५ गते दुईदिन सम्म चलेको सम्मेलनमा कानून , न्याय तथा संसदीय मामिला मन्त्री डा.शिवमाया तुम्बाहाम्फे प्रमुख अतिथि रहेकी थिइन् । त्यस्तै अन्य अतिथि अतिथि वक्ताका रुपमा प्रदेश १ की सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर , माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइराला , मिस नेपाल २०१८ श्रृङखला खतिवडा , नेपाल प्रहरी महिला बालबालिका सेवा केन्द्रकी डि.एस.पि. छिरिङ किप्पा लामा , दमक नगरपालिकाकी उपप्रमुख गिता अधिकारी, कन्सोर्टियम नेपाल प्रदेश नं १ की प्रदेश संयोजक स्वस्तिका पोखरेल , बालिका तथा महिला अधिकारकर्मी अस्मिता सापकोटा रहेका थिए ।

Advertisement
Advertisement

 

सो अवसरमा बालिकासँग मनोसामाजिक परामर्श , बालिका विरुद्धका हिंसा , बालिका दुव्र्यवहार र यसबाट बच्ने उपाय साथै बालिका सम्बन्धी कानूनी प्रावधान र राष्ट्रका नीतिका बारेमा बालिकालाई जानकारी गराई बालिकालाई सचेत बनाइएको आयोजकले जनाएको छ ।

‘सक्षम बालिका समृद्ध प्रदेश’भन्ने नाराका साथ सञ्चालन गरिएको सम्मेलनमा पोखरेलले मनोसामाजिक परामर्श, श्रृङखला खतिवडाले महिनावारी तथा छाउपडी प्रथा, कोइरालाले चेलिबेटी बेचविखन तथा बालिका हिंसा , अधिकारीले दमकमा बालिकाको अवस्था र दमक नगरपालिकाका कार्यहरुकाहरुको बारेमा, सापकोटाले बालिका हिंसा दुव्र्यवहार, लामाले नेपाल प्रहरीको तथ्यांक र बालिका सम्बन्धित कानूनी प्रावधान र हिंसा भए के गर्ने साथै राज्यमन्त्री गजमेर र संसदीय मामिला मन्त्री डा. तुम्बाहाम्फेले राज्यका नीति साथै आगामी दिनमा बालिका हिंसा न्युनिकरण गर्न कानूनी साथै नीतिगत व्यवस्था गरि सुधार गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रदेश १ का सबै स्थानीय तहलाई आमन्त्रण गरिएको सम्मेलनमा पहिलो दिन २ सय र दोस्रो दिन १ सय ५० बालिका सहभागी भएकाे कार्यक्रम संयाेजक प्रेनुशा पाण्डेले जानकारी दिइन् ।

Advertisement

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top