आईपीएल : राेमान्चक खेलमा राजस्थानले हैदराबादलाई ५ विकेटले हरायो

२५ असोज ७७, सोमबार

२५ असोज, एजेन्सी ।
इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सले सनराइजर्स हैदराबादमाथि ५ विकेटको उत्कृष्ट जित निकालेको छ । आइतबार दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा भएको खेलमा युवा अलराउन्डर रियान पराग र राहुल टेवाटियाले उत्कृष्ट प्रर्दशन गरेपछि राजस्थानले हैदराबादमाथि उत्कृष्ट जित दर्ता गरेको हो ।

जितका लागि १ सय ५९ रनको विजयी लक्ष्य पछ्याएको राजस्थानले एक बल अगाडि ५ विकेटको क्षतिमा पूरा गर्यो । एक समय १२ ओभरमा ७८–५ को कमजोर अवस्थामा रहेको राजस्थानलाई पराग र टेवाटियाले उत्कृष्ट प्रर्दशन गर्दै जित दिलाएका हुन् । अन्तिम ओभरमा राजस्थानलाई जितको लागि ८ रन आवश्यक थियो । जसमा पाँचौ बलमा खलिल अहमदलाई परागले उत्कृष्ट छक्का प्रहार गर्दै जित पक्का गरे ।

Advertisement

राजस्थानको जितमा नायक बनेका पराग २६ बलमा २ चौका र २ छक्का सहित ४२ रनमा अविजित रहे । त्यस्तै राजस्थानको जितमा हिरो बनेका टेवाटिया २८ बलमा ४ चौका र २ छक्का सहित ४५ रनमा अविजित रहे । छैटौं विकेटका लागि पराग र टेवाटियाले ७।५ ओभरमा ८५ रनको अविजित साझेदारी गर्दै हार नजिक पुगेको राजस्थानलाई उत्कृष्ट जित दिलाएका हुन् ।

राजस्थानले सुरुवात देखिनै खराब प्रर्दशन गरेको थियो । खलिल अहमदले दोस्रो ओभरको दोस्रो बलमा बेन स्टोक्सलाई ५ रनमा बोल्ड आउट गरे । चौथो ओभरको चौथो बलमा दुइ रन लिनेक्रममा कप्तान स्टिभ स्मिथ ५ रनमा रन आउट हुन पुगेपछि राजस्थान दबाबमा परेको थियो ।

Advertisement

खलिललेनै पाँचौ ओभरको पहिलो बलमा जस बटलरलाई विकेटकिपर जोनी बेयरस्टोबाट १६ रनमा क्याच आउट गराएपछि राजस्थान २६–३ को कमजोर अवस्थामा पुगेको थियो । चौथो विकेटका लागि रोविन उथप्पा र सन्जु स्यामसनले ३७ रनको साझेदारी गर्दै इनिङ सम्हाल्न खोजेका थिए ।

तर दशौं ओभरको पहिलो बलमा राशिद खानले उथप्पालाई १८ रनमा एलबिडब्लू आउट गर्दै हैदराबादलाई खेलमा हाबी बनाए । उथप्पाले १५ बलमा १ चौका र १ छक्का प्रहार गरे । १२ औं ओभरको अन्तिम बलमा राशिदले स्यामसनलाई २६ रनमा बेयरस्टोबाट क्याच आउट गराएपछि राजस्थानको जित कठिन बनेको थियो । स्यामसनले २५ बलमा ३ चौका प्रहार गरे ।

हैदराबादका स्पिनर राशिद खानले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । खलिल अहमदले ३।५ ओभरमा ३७ रन खर्चेर २ विकेट हात पारे ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको हैदराबादले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ५८ रन बनायो । हैदराबादका मनिष पान्डेले ४४ बलमा २ चौका र ३ छक्का सहित सर्वाधिक ५४ रनको योगदान दिए । केन विलियम्सन १२ बलमा २ छक्का सहित २२ रनमा अविजित रहे । युवा ब्याट्सम्यान प्रियम गर्ग ८ बलमा १ छक्का र १ छक्का १५ रनमा रन आउट भए ।

हैदराबादले पहिलो विकेट पाँचौ ओभरमा गुमाएको थियो । पाँचौ ओभरको चौथो बलमा युवा तीव्र गतिका बलर कार्तिक त्यागीले सन्जु स्यामसनबाट ओपनर तथा विकेटकिपर जोनी बेयरस्टोलाई १६ रनमा क्याच आउट गराएका थिए । बेयरस्टोले १९ बलमा १ छक्का प्रहार गरे ।

दोस्रो विकेटका लागि कप्तान डेभिड वार्नर र मनिष पान्डेले ७३ रनको साझेदारी गरेका थिए । तर १५ औं ओभरको चौथो बलमा तीव्र गतिका बलर जोफ्रा आर्चरले वार्नरलाई ४८ रनमा बोल्ड आउट गर्दै साझेदारी तोडे । वार्नरले ३८ बलमा ३ चौका र २ छक्का प्रहार गरे ।

१८ औं ओभरको चौथो बलमा ठूलो सट खेलेका मनिष राहुल टेवाटियाबाट क्याच आउट हुन पुगे । जोफ्रा आर्चरले ४ ओभरमा २५ रन खर्चेर १ विकेट लिए । जयदेव उनादकटले ४ ओभरमा ३१ रन खर्चेर १ विकेट लिए । कार्तिक त्यागीले ३ ओभरमा २९ रन खर्चेर १ विकेट लिए ।

जितसँगै राजस्थान ७ खेलमा ३ मा जित र ४ मा हार सहित छैटौं स्थानमा उक्लिएको छ । हैदराबाद ७ खेलमा ३ मा जित र ४ मा हार सहित पाँचौ स्थानमा छ । दिल्ली शीर्ष र मुम्बई दोस्रो स्थानमा रहेका छन् ।

राजस्थानले अब बुधबार दिल्ली क्यापिटल्स खेल्ने छ भने हैदराबादले मंगलबार चेन्नई सुपर किंग्ससँग खेल्ने छ ।

Advertisement

भर्खरको समाचार

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

स्टाटस लेखिदेऊ भनेका थिए ओलीले,विष्णु पौडेलले रोकेका थिए

kp-oli-sad

आज वाङ यीसँग वार्ता गर्दै परराष्ट्रमन्त्री खनाल, चार एजेन्डा

Screenshot 2026-06-15 131250

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

सम्बन्धित समाचार

Scroll to Top