२६ असोज, विराटनगर ।
दुर्घटना न्यूनीकरण गर्न तथा यात्रुहरूको सेवा सुविधाको लागि मोरङका विभिन्न स्थानमा यात्रु सहायता डेस्क संचालन गरिएको छ ।
मोरङको विराटनगर महानगरपालिका –११ बसपार्क, सुन्दरहरैँचा नगरपालिका–१० विराटचोक, पथरीशनिश्चरे नगरपालिका– १ पूर्व बस स्टेन र बेलबारी नगरपालिका –३ पूर्व बस स्टेनमा यात्रु सहायता डेस्क संचालन गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
क्षमता भन्दा बढी यात्रु राख्ने, दु्रत गतिमा सवारी साधन चलाउने, बढि भाडा लिने, चालक, सहचालक लगायत अन्य यात्रुहरूले मापसे गरेमा, कुनै पनि किसिमको दुब्र्यवहार, हिंसा गरेमा, कोभिड–१९ को प्रोटोकल मापदण्ड भन्दा बढि यात्रु राखेको थाहा पाएमा यात्रु सहायता कक्षको सम्पर्क नम्बरमा तथा नेपाल पुलिस मोबाइल एपमा (Nepal Police mobile Apps)मा सूचना दिन पनि मोरङ प्रहरीले अनुरोध गरेको छ।
