त्रिविका उपप्राध्यापक प्रेम चलाउनेलाई आक्रमण गर्ने २ जना पक्राउ

२६ असोज ७७, मंगलबार

२६ असाेज, काठमाडौँ ।

त्रिभुवन विश्वविद्यालयकाे समाजशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक प्रेम चलाउनेलाई आक्रमण गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उपप्राध्यापक चलाउनेमाथि कुटपिट गर्ने दुई जनालाई कोटेश्वरबाट पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो ।

Advertisement

पक्राउ पर्नेमा सिरहा गोलबजारका २३ वर्षीय रुपेश साह र सिरहाकै २४ वर्षीय रवीनकुमार लामा रहेकाे परिसरका प्रवक्ता सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।

उपप्राध्यापक चलाउनेलाई आक्रमण गरेर फरार रहेका साहलाई कोटेश्वर र लामालाई सिरहाबाट पक्राउ गरिएको उनले जानकारी दिए ।

Advertisement

गएको असोज २० गते उनीहरुले उपप्राध्यापक प्रेम चलाउनेलाई आक्रमण गरेर गम्भीर घाइते बनाएका थिए । चलाउनेको अहिले मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top