भारतीय प्रधानमन्त्रीलाई १२१ किलोका तीन वटा मालाबाट सम्मान

२७ बैशाख ७५, शुक्रबार

जनकपुरधाम, २८ वैशाख ः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा १२१ किलोका तीन वटा मालाको सम्मान दिइएको छ ।

Advertisement

उनलाई नागरिक अभिनन्दनका क्रममा प्रदेश नं. २ का सरकार, वीरगञ्ज उद्योग वाणिज्य संघ र जनकपुर उद्योग वाणिज्य संघले १२१ किलोका छु्ट्टाछुट्टै माला लगाएर सम्मान दिएका हुन् ।

मोदीलाई जनकपुरमा नागरिक अभिनन्दन पनि गरिएको छ ।

Advertisement

आज जनकपुरको रंगभूमि मैदानमा आयोजित कार्यक्रममा जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले उनलाई मैथिली भाषामा लेखिएको अभिनन्दनपत्र प्रदान गरी सम्मान गरेका हुन् ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top