लागुऔषध सेवनमा विवाद हुँदा साथीको हत्या

२९ असोज, झापा । झापा कनकाई नगरपालिका ३ स्थित सुरुङा खोलाको डिलमा रहेको बाँसघारीमा मृत अवस्थामा फेला परेका २२ बर्षीय अभिषेक चौधरीको हत्या भएको पुष्टि भएको छ ।

Advertisement

कनकाई ३ मा बसोबास गर्ने चौधरी बुधबार विहान ६ बजे बाँसघारीमा मृत अवस्थामा फेला परेका थिए । घटनाको जानकारी पाउनसाथ घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय झापा तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मृतक चौधरीको शव शंकास्पद देखेपछि अनुसन्धान सुरु गरेको थियो ।

घटनाको अनुसन्धान गर्न संघीय प्रहरी ईकाइ कार्यालय धरानबाट डग सहितको टोली खटिएको प्रहरीले जनाएको छ । अनुसन्धानमा खटिएको प्रहरी टोलीले चौधरीको हत्या भएको पुष्टि गरेसंगै उनको हत्यामा संलग्न कनकाई ७ का २२ बर्षीय टल्के भन्ने रविन राजबंशीलाई ८ घण्टा भित्रै पक्राउ गरी बिहीबार ईलाका प्रहरी कार्यालय अनारमनिबाट सार्वजनिक गरिएको छ ।

Advertisement

मृतक चौधरी र राजबंशी दुबै जना लुकिछिपी लागुऔषध सेवन गर्ने साथै लागुऔषध सेवनकै विषयमा उनीहरु बीच बादविबाद भएपछि मंलबार राती चौधरी खोलाको डिलमा निस्किएको मौका छोपेर राजबंशीले पछाडीबाट बन्चरोले शरीरका विभिन्न भागमा प्रहार गरेर हत्या गरी शवलाई बाँसघारीमा राखेर उनि फरार रहेको अनुसन्धानका क्रममा खुल्न आएको छ ।

फरार पश्चात पक्राउ परेका राजबंशीले आफुले चौधरीको हत्या गरेको बयान समेत दिएका छन् । प्रहरीले घटनामा प्रयोग गरेको बन्चरो र राजबंशीको कपडा समेत बरामद गरेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top