सीमा सुरक्षा : बीओपी स्थापना तीव्र

२९ असोज ७७, शुक्रबार

काठमाडौं : सरकारले सीमाको सुरक्षा व्यवस्था बलियो बनाउँदै लैजाने उद्देश्यले अब्जरभेजन फोर्स(बीओपी) स्थापनामा तीव्रता दिएको छ। चैतयता मात्रै ५० वटा बीओपी स्थापना गरिएको छ। भारतसँगको सिमानामा ४४ वटा र चीनसँगको सिमानामा ६ वटा बीओपी थपिएको सशस्त्र प्रहरीका प्रवक्ता सशस्त्र प्रहरी नायव महानिरीक्षक राजु अर्यालले जानकारी दिए। हाल देशभर सीमामा १ सय ७२ वटा बीओपी स्थापना भएका छन्। बीओपीको संख्या भारतीय सीमानामा १ सय ६५ र उत्तरी सीमामा ७ पुगेको छ। प्रवक्ता अर्यालका अनुसार सरकारले २ सय २१ बीओपी बनाउने लक्ष्यका साथ द्रुत गति काम गरिरहेको छ।

Advertisement

स्रोत साधान र जनशक्ति पुगेमा भारतको बराबर बीओपी स्थापना गर्ने सरकारको योजना छ। ५ सय बीओपी स्थापना गर्ने तयारी गृह मन्त्रालयको छ। २ देखि ३ किलोमिटरको दूरीमा बीओपी राख्ने योजना सरकारको छ। सशस्त्रले १० हजार थप जनशक्तिको माग सरकारसँग गरेको छ। भन्सार र राजस्वबाट कटौती गरेका ४ हजार ६ सय थप जनशक्ति पनि खटाइएको छ। हाल ३७ हजार सशस्त्र प्रहरीको जनशक्ति छ। २०७५ भदौ २५ सम्ममा सिमानामा मात्रै ८७ बीओपी थिए। दुई वर्षको अन्तरालमा सीमामा दोब्बर बीओपी स्थापना भएका छन्।

वैशाख ३१ गतेभन्दा पहिला नेपालको पश्चिम सिमानामा एउटै सुरक्षा पोस्ट थिएन। पश्चिम सीमा सुरक्षाबिहीन अवस्थामा थियो। लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेको नक्सा प्रकाशनसँगै सरकारले सीमा सुरक्षाका लागि बीओपी थप गर्दै लगेको छ।

Advertisement

पश्चिममा कञ्चनपुरदेखि दार्चुलासम्मै सीमा सुरक्षाका लागिबीओपी स्थापना गरिएकोे छ। दार्चुलामा ४ वटा बीओपी र एक गुल्म स्थापना भएका छन्। छाङरुमा रहेको बीओपीलाई स्तरोन्नति गरेर गुल्ममा परिणत गरिएको छ। लाली, दुम्लिङ, जोलजिवी, दत्तुमा बीओपी स्थापना भएका छन्। वैशाखअघि दार्चुलामा एउटा पनि बीओपी थिएन।

टिंकर र माथिल्लो वा तल्लो कौवा क्षेत्रमा बीओपी स्थापना गर्ने तयारी भइरहेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिए। बैतडी र डडेल्धुरामा बीओपी स्थापना भइसकेको छ। चैतमा लकडाउन अघिसम्म पश्चिमी सिमानामा एउटा बीओपी थिएन। पश्चिमका सबै जिल्लाका सिमानामा बीओपी स्थापना भइसकेका छन्।,याे समाचार अन्नपूर्ण पाेस्ट दैनिकमा छापिएकाे छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top