बेलौरी–खजुरीया छोटी भन्सारलाई स्तरोन्नति गर्न माग

२९ बैशाख ७५, शनिबार
Share this
735shares

कञ्चनपुर, २९ वैशाख ः भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका क्रममा कञ्चनपुरको बेलौरी–खजुरीया छोटी भन्सार नाकालाई स्तरोन्नति गरिनुपर्ने माग गरिएको छ ।

Advertisement

७ नं प्रदेशकै प्रमुख नाकाका रुपमा बेलौरी खजुरीयालाई स्थापित गर्न नागरिकस्तरबाट आवाज उठन थालेको हो । विसं २०१९ सम्म कैलाली र कञ्चनपुरको सदरमुकाम समेत रहेको बेलौरीमा भन्सार कार्यालय स्थापना भएको १५५ वर्ष पुगेको छ ।

७ नं प्रदेशको राजधानी धनगढीबाट २२ किलोमिटर पश्चिम र कञ्चनपुरको हालको सदरमुकाम महेन्द्रनगरबाट ४८ किलोमिटर दक्षिणपूर्वमा रहेको बेलौरीमा भारतसँगको खुला सीमा नाका रहेको छ ।

Advertisement

बेलौरी भन्सारसँग जोडिएको खजुरियासम्म भारतको नेशनल हाइवे रोड बनिसकेको छ ।

यता नेपाल तर्फ धनगढीबाट बेलौरी हुँदै महेन्द्रनगर जोड्ने हुलाकी राजमार्ग र पूर्व–पश्चिम राजमार्गसँग जोड्ने कलुवापुर बेलोरी सडकखण्ड कालोपत्रेको क्रममा रहेका छन् ।

Advertisement

नेपाल तर्फ लामो समयसम्म छोटी भन्सारको नाममा आवश्यक जग्गा, भवनसहितका आवश्यक पूर्वाधार र सडक सञ्जालले जोडिएको खेम सुवेदीले बताए।

भारतीय पक्षले खिरी जिल्लाको खजुरीयामा भन्सार कार्यालय खोल्ने वित्तिकै दुईदेशीय भन्सार नाका सञ्चालन गर्न सकिने हुँदा आवश्यक पहलका लागि परराष्ट्र मन्त्रालयमार्फत भारतीय प्रधानमन्त्री सक्षम कुरा राख्नुपर्नेमा उनले जोड दिए ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top