न्युजिल्यान्डमा आर्डर्नको ऐतिहासिक जित, दशकौंपछि पहिलो पटक बहुमतको सरकार बन्ने

१ कात्तिक ७७, आइतबार

२ कार्तिक, एजेन्सी ।
संसदीय चुनावमा न्युजिल्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले ऐतिहासिक जित हासिल गरेकी छन् ।

शनिबार भएको चुनावको प्रारम्भिक नतिजाअनुसार आर्डर्नको मध्य वामपन्थी लेबर पार्टीले ४९ प्रतिशत, नेसनलले २८ प्रतिशत मत पाएका छन् भने अन्य मत ग्रिन, न्युजिल्यान्ड फस्टलगायत साना दलले बाँडेका छन् ।

करिब ९८ प्रतिशत मतगणना भइसकेको भए पनि केही मतदान हुलाकमार्फत गरिएकाले वास्तविक परिणाम आउन केही दिन लाग्ने निर्वाचन आयोगले जनाएको छ । यसअघि सेप्टेम्बर १९ का लागि तोकिएको मतदान कोभिड–१९ को संक्रमणका कारण चार सातापछि सारिएको हो ।

न्युजिल्यान्डमा १ सय २० सदस्यीय संसद्का लागि हरेक तीन वर्षमा निर्वाचन हुने गर्छ । बहुमतको सरकार निर्माणका लागि तल्लो सदनमा कम्तीमा ६१ सिटको आवश्यकता पर्दछ । पछिल्लो परिणामअनुसार लेबर पार्टीले कम्तीमा ६४ सिट जित्ने निश्चित भइसकेको जनाइएको छ ।

न्युजिल्यान्डमा २४ वर्षयता कुनै पनि एक दलले बहुमत ल्याउन सकेको छैन । चुनावी परिणामअनुसार आर्डर्न पुनः प्रधानमन्त्री बन्ने भएकी छन् । उनी सन् २०१७ मा ३७ वर्षको उमेरमा प्रधानमन्त्री नियुक्त भएकी थिइन् ।

नतिजासँगै न्युजिल्यान्डमा दशकौंपछि पहिलो पटक बहुमतको सरकार बन्ने भएको छ । ऐतिहासिक जितपछि समर्थकहरूलाई सम्बोधन गर्दै आर्डर्नले आफू देशका लागि अझै खट्ने बताएकी छन् । आफूले पाएको जनादेश अत्यन्तै विश्वासिलो भएको उनको भनाइ छ ।

‘आज न्युजिल्यान्डले ५० वर्षको लेबर पार्टीको इतिहासमा अहिलेसम्मकै उच्च समर्थन र विश्वास देखाएका छन्,’ उनले भनिन् । सयौं समर्थक तथा शुभचिन्तकसमक्ष बोल्दै उनले न्युजिल्यान्डवासीले दिएको विश्वासलाई पुनः व्यवहारमा परिणत गर्ने विश्वास दिलाइन् ।

निर्वाचनपछि जारी मतगणनाकै क्रममा विपक्षी दल नेसनलकी नेतृ जुडिथ कोलिन्सले हार स्वीकार गर्दै वर्तमान प्रधानमन्त्री तथा लेबर नेतृ आर्डर्नलाई बधाई दिएकी छन् । उनले आगामी चुनावमा जनमत आफ्नो पक्षमा पार्नका लागि आफू अहिल्यैदेखि क्रियाशील हुने बताइन् ।

‘तीन वर्ष आँखा झिम्क्याउँदै बित्छ । हामी फेरि उठ्नेछौं,’ कोलिन्सले भनिन् । हरेक तीन वर्षमा हुने संसदीय निर्वाचनमा यस पटक १७ वटा राजनीतिक दलले प्रतिस्पर्धा गरेका थिए । जसमा आर्डर्नको पार्टी लेबर सबैभन्दा सशक्त देखिएको हो ।

कोभिड–१९ को संक्रमणलाई सहज रूपमा समाधान गर्न र क्राइस्टचर्चमा भएको आतंकवादी आक्रमणको घटनालाई समाधान गर्न उनले खेलेको भूमिकाका कारण उनी पुनः निर्वाचित हुने अनुमान गरिएको थियो ।

पूर्वानुमानलाई सत्य सावित गर्दै आर्डर्नले पुनः नेतृत्व पाउन सफल भएको सञ्चारमाध्यमले उल्लेख गरेका छन् । विश्वभर महामारीका रूपमा फैलिएको कोभिड–१९ बाट न्युजिल्यान्डमा संक्रमित हुनेको संख्या २ हजारभन्दा पनि कम छ ।

भाइरसका कारण २५ जनाले मात्र ज्यान गुमाएका छन् । चुनावमा मृत्युवरणको अधिकार र गाँजा प्रयोगलाई मान्यता दिने विषयमा जनमतसंग्रहसमेत गरिएको छ । दुवै विषयमा गरिएको जनमतसंग्रहको नतिजा भने अक्टोबर ३० मा सार्वजनिक गरिने जनाइएको छ ।

५० प्रतिशत जनताले अनुमोदन गरे पनि गाँजा प्रयोगका विषयमा भने सरकारले छुट्ट कानुन ल्याउने छ । करिब ४० लाख मतदाता रहेको न्युजिल्यान्डको आमनिर्वाचनमा करिब १० लाखले प्रारम्भिक मतदानमा मत जाहेर गरिसकेका थिए ।

प्रधानमन्त्री आर्डर्नलाई उनले पाएको सफलतामा अस्ट्रेलियाका लेबर पार्टीका नेता एन्थोनी अल्बानिज, उपनेता तान्या पिल्बरसेक लगायतले समेत बधाई दिएका छन् ।

भर्खरको समाचार

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

सम्बन्धित समाचार

Scroll to Top