घरमै बसेर चाडपर्व मनाऔँ

३ कात्तिक ७७, मंगलबार

काठमाडौँ: कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण दिनहुँ बढेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यस पटकको दशैँ लगायतका चाडपर्व घरमै बसेर मनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले सुरक्षित रूपमा चाडबाड मनाउनुपर्ने भन्दै यो पटकलाई घरमै बसेर दशैँ मनाउन आग्रह गर्नुभयो । उहाँले आफ्नो परिवारको सुरक्षाका निम्ति जमघट नगरी दशैँ, तिहार मनाउन सुझाव दिनुुभयो । उहाँले ज्यान रहे अर्को वर्ष जमघट र धूूमधामसँग पर्व मनाउन सकिने बताउनुभयो ।

उहाँले घरमा मृत्यु भएका सङ्क्रमितको शव व्यवस्थापन परिवार आफैँले गर्नुपर्छ भन्ने भनाइलाई तोडमोड गर्न खोजिएको बताउनुभयो । उहाँले कतिपय मानिसले आफ्नो धर्म संस्कृतिअनुसार शव व्यवस्थापन गर्नुपर्ने माग राखेकाले उक्त शव व्यवस्थापन परिवारले गर्नुपर्ने भनिएको स्पष्ट गर्दै शवको व्यवस्थापन नेपाल सरकारले गरिरहेको स्पष्ट पार्नुुभयो ।

यस्तै उहाँले कोरोना परीक्षण शुल्क हुने वर्गले आफ्नै खर्चमा गरिदिए अन्य विपन्नलाई सहयोग पुग्ने मन्त्रालयको भनाइ रहेको बताउनुभयो । हाम्रोजस्तो स्रोतसाधन कम भएको देशमा हुनेखाने वर्गले पीसीआर परीक्षण तथा उपचार खर्च गरिदिए गरिब, विपन्न, एकल महिलालाई निःशुल्क उपचार गर्न सहज हुने बताउनुभयो ।

यसैबीच गत २४ घण्टामा देशभर थप तीन हजार ७९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकमा थप दुई हजार ३८८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । यस्तै सोमबार देशभर थप १८ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।, यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top