भक्तपुरमा होम आइसोलेसनमा रहेका संक्रमितको मृत्यु

३ कात्तिक ७७, मंगलबार

४ कार्तिक, भक्तपुर ।
कोरोना संक्रमणपछि होम आइसोलेसनमा बस्दै आएका सूर्यविनायक नगरपालिका–५ कटुन्जे तीनधारेका ८१ वर्षीय पुरुषको मृत्यु भएको छ ।

Advertisement

मुटुसम्बन्धी समस्या रहेका उनको असोज २६ गते सूर्यविनायक नगरपालिकाको घुम्ती स्वाब संकलन टोलीमार्फत पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यसयता होम आइसोलेसनमा बस्दै आएका ती व्यक्तिको सोमबार साँझ मृत्यु भएको वडाध्यक्ष राजकुमार जोशीले जानकारी दिए । जनप्रतिनिधि र प्रहरीको रोहबरमा नेपाली सेनाको टोलीले उनको शव व्यवस्थापन गर्ने तयारी भइरहेको जोशीले बताए ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top