गुह्येश्वरी गर्भगृहको दुई किलो सुन गायब !

५ कात्तिक ७७, बिहीबार

६ कात्तिक, काठमाडौँ।

गुह्येश्वरी मन्दिरमा १७३.५ तोला सुन अनियमितता भएको तथ्य फेला परेको छ । पशुपति क्षेत्र विकास कोषले गुह्येश्वरी मन्दिर गर्भगृह मर्मत सम्भार गर्ने क्रममा अष्टदल र भैरवको मूर्तिमा रहेको १७३.५ तोला अर्थात् करिब दुई किलोभन्दा बढी सुन अनियमितता भएको भेटिएको हो ।

अष्टदलको मूर्तिमा साविकमा ३७९ तोला सुन थियो । मर्मत सम्भार गर्ने क्रममा निकालेर जोख्दा २९४ तोलामात्र भेटिएको कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले राससलाई जानकारी दिए । अष्टदलमा ८५ तोला सुन अनियमितता भएको भेटिएको छ । यसैगरी भैरवको मूर्तिमा साविकमा ३३४ तोला सुन भएकामा मर्मत सम्भारका क्रममा निकालेर जोख्दा २४५.५ तोलामात्र पाइएको छ । भैरवको मूर्तिबाट ८८.५ तोला सुन गायब भएको छ ।

Advertisement

“साविकको सुन गायब भएपछि रु दुई करोड ११ लाख खर्च गरी कोषले सुन थपेर अष्टदल र भैरवको मूर्ति पुनःनिर्माण गरेको छ, सुनका दुवै संरचना विसं २०५७ मा निर्माण भएको हो, १८÷१८ वर्षमा सवा दुई करोडको सुन अनियमितता भयो भने यो रकम कसले व्यहोर्ने ?” – उनले भने ।

गुह्येश्वरी मन्दिर कोष मातहत नै भएपनि यहाँको व्यवस्थापन गुठी संस्थानले गठन गरेको समितिले गर्दै आएको छ । द्वैध स्वामित्वका कारण मन्दिरमा बेला बेलामा विवाद आउने गरेको छ । व्यवस्थापन समितिका अध्यक्ष सुमित खड्गी गुह्येश्वरी मन्दिरमा अण्डा, जाँड, रक्सी जस्ता तामसी चीज पनि चढाइने भएकाले सुन खिइएर गएको दावी गरे ।

Advertisement

कोषले व्यवस्थापन समिति र पुजारीलाई समेत विसं २०७५ भदौ ६ गते नै सुन गायब भएको विषयमा सत्य तथ्य खुलाउन भनी पत्राचार गरेको थियो । समिति र पुजारीबाट चित्तबुझ्दो जवाफ नआएपछि छानबिन समिति बनाएर यससम्बन्धमा गहिरिएर अध्ययन गर्न लागिएको कोषाध्यक्ष थापाले बताए ।

सुनको खिइएर बनेको टुक्रासमेत नदेखाइएकाले छानबिन गर्न लागिएको हो । अण्डा, जाँड, रक्सीले सुन खिइएको भए प्वाल परेको, खिया लागेको हुनुपर्नेमा त्यस्तो समेत नभेटिएको कोषले जनाएको छ । छानबिन समितिमा संस्कृति, पर्यटन नागरिक उड्डयन मन्त्रालय, संस्थानलगायत सरोकार भएका निकायका प्रतिनिधिसमेत राख्ने गृहकार्य भइरहेको छ ।

यस क्रममा १८ वर्षको अवधिमा दुई किलोभन्दा बढी सुन अण्डा, जाँड, रक्सीले खिइन्छ कि खिइन्न भनी प्रयोगशालामा परीक्षण समेत गरिने भएको बुझिएको छ । अष्टदल एवं भैरवको मूर्तिमा समितिका पदाधिकारी र पुजारीको नाम राख्न कोषलाई दबाब दिइएको थियो । नाम नराखिएपछि समितिले अष्टदल स्थापना गर्ने साइत निस्केन भन्ने निहुँमा राख्न दिएको छैन । मर्मत सम्भार गरिएको अष्टदल र भैरवको मूर्ति घटस्थापनाका दिन गर्भगृहमा स्थापना गर्ने कोषको तयारी थियो । समितिले अहिले साइत निस्किएन एक महिनापछि मात्र राख्नुपर्छ भनी पन्छाएका छन् ।

गुह्येश्वरीका सत्तलसमेत कोषले नै पुनःनिर्माण गरेको हो । रु २० करोडको लागतमा मन्दिर, सत्तललगायत ऐतिहासिक एवं धार्मिक महत्वका संरचना पुनःनिर्माण गरिएको हो । पुनःनिर्मित सत्तल समितिले अनधिकृत रुपमा उपयोग गर्दै आएको छ । समितिका पदाधिकारीले आफन्तलाई यहाँ बास समेत दिएको कोषको भनाइ छ ।

गुह्येश्वरी मन्दिरको गर्भगृहमा रहेको अष्टदलमा कोषले ७५ किलो चाँदीको घेरा थप गरेको छ । मन्दिरमा मर्मत सम्भार एवं पुनःनिर्माण कोषले गर्ने तर त्यसको दुरुपयोग समिति र पुजारीका तर्फबाट भएकाले गुह्येश्वरीको समग्र विषय छानबिन गर्ने कोषको तयारी छ । गुह्येश्वरीका नाममा रहेको अन्य सम्पत्ति समेत छानबिनको दायरमा आउने भएको छ ।

पशुपति क्षेत्रमा रहेको सबै मठ मन्दिरको व्यवस्थापन गर्ने कार्यक्षेत्र पशुपति क्षेत्र विकास कोष ऐनले दिएको तीन दशक बितिसक्दा पनि कार्यान्वयन हुन सकेको छैन । गुह्येश्वरी क्षेत्र र चाबहिल क्षेत्रका मठमन्दिर कोष मातहत आउन सकेका छैनन् । चन्द्रविनायक मन्दिर क्षेत्रमा पनि गैरसरकारी संस्थाको रजाइँ भइरहेको छ ।

यसका कारण ती मठमन्दिर र त्यससँगैको सार्वजनिक जग्गामा अनियमितता भएको स्थानीयवासीको गुनासो छ । कोषका सदस्यसचिव डा प्रदीप ढकाल पशुपति क्षेत्रका सबै मठमन्दिर कोष मातहत नै ल्याउने, नियमावली बनाई भेटीघाटी पारदर्शी गर्नेलगायतका तयारी भएको बताउँछन् ।

यस पटक पर्व पूजा रोकियो
गुह्येश्वरी मन्दिरमा ऐतिहासिक राजा मानदेवका पालादेखि नै घटस्थापनाका दिनदेखि अमालकोट कचहरी कार्यालयका तर्फबाट पूजा, चण्डी पाठ गर्ने परम्परा रहेको स्थानीयवासी एवं कोषका पुराना कर्मचारीको भनाइ छ । पशुपति क्षेत्रका सांस्कृतिक सम्पदाका विषयमा विद्यावारिधि शोध गर्नुभएका कोषका पूर्वसदस्यसचिव डा गोविन्द टण्डन यससम्बन्धी ऐतिहासिक दस्तावेज, शिलालेख लगायत केही पनि प्रमाण फेला नपरेको बताउँछन्।

शाहकाल अर्थात् विसं १९७४ देखि भने नियमित घटस्थापनाका दिनदेखि महानवमीसम्म अमालकोट कचहरीबाट पूजा आराधना हुँदै आएको उनी बताउँछन् । यस वर्ष घटस्थापनाका दिन कात्तिक १ गते विशेष पर्व पूजा गर्र्न कोषाध्यक्ष थापाको नेतृत्वमा पुजारी विष्णुप्रसाद नेपाल, कचहरीका द्वारे पूर्ण डङ्गोल, कर्मचारी वरुण खतिवडासहित चारजना मन्दिरभित्र प्रवेश गर्न खोज्दा पुजारी जैन कर्माचार्यले रोकेको कोषले जनाएको छ ।

कोष स्थापनापछि अमालकोट कचहरी कार्यालय कोष मातहत राखिएको थियो । अमालकोट स्थापना भएदेखि नै राज्यका तर्फबाट गुह्येश्वरी मन्दिरमा विशेष पर्व पूजा, दुर्गा सप्तशती (चण्डी) पाठ गराउने परम्परा थियो । कोषमा ३५ वर्षदेखि कार्यरत कर्मचारी वासुदेव रिमाल राज्यका तर्फबाट गरिने पूजा रोक्दा धार्मिक आस्थामा चोट पुग्ने र देशलाई असर गर्न सक्ने बताउँछन् ।

गुह्येश्वरीमा धर्म, संस्कृति एवं परम्परा मास्ने, भेटीघाटी लगायत आय पारदर्शी नराख्ने, ऐतिहासिक स्थलको संरक्षण गर्नुको सट्टा मासेर अनियमितता गर्ने क्रम बढेको कोषको आरोप छ । विसं २०६६ मा पशुपतिनाथ मन्दिरको भेटीघाटी पारदर्शी गर्ने गरी नियमावली ल्याउँदा नै यस क्षेत्रका सबै मठ मन्दिरलाई यो दायरामा ल्याउने प्रतिबद्धता भने कोषले अझै पूरा गर्न सकेको छैन । संस्थान र कोषको दुईथरी स्वामित्व हुँदा कतिपय मठमन्दिरमा हाल नित्य पूजा समेत हुन छोडेको छ । सदस्यसचिव ढकाल यो प्रतिबद्धता छिटो पूरा गर्ने तयारी भएको बताउँछन् ।रासस

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top