६ कात्तिक, काठमाडौँ ।
सरकारले विदेशी च्यानलहरुको प्रशारणमा विज्ञापन रहित (क्लिन फिड) लागू गरेसँगै उपभोक्तामा थप आर्थिक भार थपिने सुविसु केबल नेटवर्कले दावी गरेको छ । नेपाल सरकारको नीतिअनुसार विदेशी सशुल्क च्यानलले विज्ञापन रहित विषयवस्तु प्रशारण गर्न साविकको मूल्यमा दिन नसक्ने बताएका छन् ।
बिहीबार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै सुविसु केबल नेटवर्कका अध्यक्ष सुधीर पराजुलीले विज्ञापन रहित प्रशारण हुन थालेपछि ग्राहकले कम्तिमा २५ प्रतिशत थप शुल्क तिर्नुपर्ने अवस्था आउने बताए । साथै च्यानलहरुलाई व्यवस्थित रुपमा हेर्न अझै तीन चार महिना कुर्नुपर्ने पनि उनले बताए ।