शुभकामना सन्देशमा लिम्पियाधुरासहितकै नक्सा छ : सूर्य थापा

७ कात्तिक, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको दसैँको शुभकामना कार्डमा अंकित नेपालको नक्सामा लिम्पियाधुरासहितको भाग नदेखिएको भन्ने आरोप प्रधानमन्त्रीको सचिवालयले अस्वीकार गरेको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले शुभकामना कार्डको नक्सामा लिम्पियाधुरासहितको प्रयोग भएको बताउँदै नक्सालाई विवाद तान्न खोजिएको बताएका हुन् ।

Advertisement

उनले सामाजिक सञ्जालमा शुभकामना कार्डमा रहेको ठुलो आकारको नक्सासहितको निशाना छाप राखेर लेखेका छन्– ‘नक्साको सानो आकार प्रयोग गर्दा यस्तो हुनु स्वभाविक हो । यस तथ्यलाई केही ठूलो आकारको सोही नक्सामा प्रष्ट देख्न सकिन्छ । ’

Advertisement

उनले डिजाइनको सामान्य वास्तविकतासमेत बुझ्न नखोजी नक्साको राजनीति र अफवाह फैलाउन उद्यत सबैलाई तथ्यको आधारमा सत्यको नजिक पुग्न आग्रह गरेका छन्। उनले लेखेका छन्– ‘ डिजाइनको यति सामान्य वास्तविकतालाई बुझ्न नखोजेर नक्साको राजनीति र अफवाह फैलाउन उद्यत सबैलाई तथ्यको आधारमा सत्यको नजिक पुग्नसमेत आग्रह गर्दछु।’

Advertisement

यस्तो भ्रम र कुप्रचारको अन्यौलमा नपर्न उनले सबैलाई अनुरोधसमेत गरेका छन्। ‘लिम्पियाधुरासहितको नेपालको नक्सा प्रकाशन गर्ने निर्णय, निशान छापमा प्रकाशित नयाँ नक्साको औपचारिक प्रयोगका लागि संसदको सर्वसम्मतिमा संविधान संशोधन नै गरिएको हो। तदनुरूप अगाडि बढ्ने ऐतिहासिक कदम सम्माननीय प्रधानमन्त्रीकै दृढ र साहसिक नेतृत्वमा चालिएको धेरै समय भएको छैन‚’ उनले लेखेका छन्‚ ‘अहिले यस विषयमा योजनबद्ध रूपमा सिर्जना गर्न खोजिएको भ्रम अनुचित छ। त्यस्तो कुनै भ्रम र कुप्रचारको अन्योलमा नपर्न सबै न्यायप्रेमी, देशभक्त र जिज्ञासु महानुभावहरूमा हार्दिक अनुरोध गर्न चाहन्छु।’

प्रधानमन्त्री केपी शर्मा ओलीले दसैँका अवसरमा जारी गरेको शुभकामना सन्देशमा नेपालको पुरानै नक्सा प्रयोग भएको भनी विरोध भइरहेको बेलामा उनले फेसबुकमार्फत् यस्तो अफवाहका पछि नलाग्न आग्र गरेका हुन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top