राप्ती प्रादेशिक अस्पतालले आफ्नो अतिक्रमित जग्गामा बनेका घरटहरा हटाउने

११ कात्तिक ७७, बुधबार

१२ कात्तिक, दाङ । दाङको तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालले आफ्नो अतिक्रमित जग्गामा बनेका घरटहरा हटाउने तयारी गरेको छ ।

अस्पतालको ६ बिघा १७ कठ्ठा जग्गामध्ये करिब डेढ बिघा क्षेत्रफल अतिक्रमण गरेर घर टहरा निर्माण भएपछि हटाउने तयारी थालेको अस्पतालले जनाएको छ । केही दिनमै अस्पतालले सर्वपक्षीय बैठक बोलाउने तयारी गरेको राप्ती प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष पदमप्रसाद न्यौपानेले जानकारी दिए ।

अतिक्रमित जग्गा खाली गराउनका लागि २०७२ सालदेखि अस्पताल विकास समिति र अस्पताल प्रशासनले कानुनी प्रक्रिया अघि बढाएको हो । अतिक्रमित जग्गामा बनेका घरटहरा हटाउन अस्पतालले ९० दिन, ४५ दिन, ३५ दिन र १५ दिने सूचना समेत जारी गरिसकेको छ ।

समितिका अध्यक्ष न्यौपानेका अनुसार अस्पतालको भवनदेखि दक्षिणतर्फ सडकको पूर्व पश्चिममा गरेर ८ वटा घर बनेका छन् भने उत्तरतर्फ ईलाका प्रहरी कार्यालय जाने सडकको पश्चिमतर्फ करिब २५ वटा घरटहरा निर्माण भएका छन्।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top