×

NEPAL TIMES UPDATES

Playing
अमेरिकाले जफत गरेको इरानी जहाज पाकिस्तानलाई हस्तान्तरण|| Nepal Times
May 04, 2026
Playing
के America र Iranबीच यु द्धविराम अन्त्य भएको हो ? || Nepal Times
May 04, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-21-2083 || Nepal Times|| Nepal Times
May 04, 2026
Playing
नेपालमा घण्टी बज्यो, तमिलनाडुमा सिठ्ठी|| Nepal Times
May 04, 2026
Playing
हिजबुल्लाहले पायो रुसी हति यार, Israelले रोक्न नसक्ने, फेरि खत रनाक खेल || Nepal Times
May 04, 2026
Playing
घरमा छापा मारेपछि आत्तिएका मुख्यमन्त्री बानियाँ के भन्दैछन् ?|| Nepal Times
May 04, 2026
Playing
युरोपेली गुप्तचरको निष्कर्ष– पुटिनको ह त्या हुन सक्छ|| Nepal Times
May 04, 2026
Playing
आज कोशीसम्मै वर्षा, हुरीबतास र चट्याङबाट बच्नु, बीपी राजमार्ग बन्द|| Nepal Times
May 04, 2026
Playing
Cambodia मा कठोर कानुन लागूः ५ लाख डलर जरिबाना र आ जीवन कैद || Nepal Times
May 04, 2026
Playing
बालेन सरकारले भारतसँग मल किन्ने, तर भारतले नै थापेको छ अड्को|| Nepal Times
May 04, 2026

स्थगित भयाे ‘कहीँ नभएको हाँडीगाउँको जात्रा’

१५ कार्तिक २०७७

१५ कात्तिक, काठमाडौं ।

प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको भोलिपल्ट काठमाडौँ महानगरपालिका–५ स्थित हाँडीगाउँ क्षेत्रमा प्रदर्शन गरिने चोक्काथुनारायणको जात्रा यस वर्ष स्थगन गरिएको छ । तीननारायण एवं ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ समेत भनिने यो जात्रा यस वर्ष उपत्यकामा बढ्दै गएको कोरोना भाइरसको सङ्क्रमणका कारण स्थगन गरिएको काठमाडौँ महानगरपालिका–५ का अध्यक्ष रमेश डङ्गोलले जानकारी दिए । जात्रा नगरिए पनि वार्षिकरूपमा गरिने पूजा आराधनाको विधि भने पुजारीलगायत सीमित गुठियारले सम्पन्न गरिने जनाइएको छ ।

Advertisement
Advertisement

चोकेटनारायण समेत भनिने चोक्काथुनारायणको नाममा गुठी जग्गासमेत राखी जात्रा चलाउने व्यवस्था गरिएको थियो । गुठी संस्थानको लगतमा चोक्काथुनारायण एवं तीननारायणका नाममा गुठी जग्गा राखिएको उल्लेख छ । मन्दिरको ढोकामा रहेको नेवारी भाषाको अभिलेखअनुसार राजा नरेन्द्र मल्लको पालादेखि यो जात्रा शुरु भएको हो । चोक्काथुनाराणको मन्दिर बूढानीलकण्ठबाट ल्याई यहाँ स्थापना गरिएको ‘हाँडीगाउँः एक परिक्रमा’ पुस्तकका लेखक एवं यस क्षेत्रको सांस्कृतिक परम्पराका बारेमा अध्ययन गरिरहनुभएका यज्ञनाथ आचार्यले बताए ।

जात्रा शुरु भएका सम्बन्धमा एउटा किंवदन्ती प्रचलित छ । जनश्रुतिअनुसार मध्यकालमा हाँडीगाउँमा दुई दिदीबहिनी थिए । दिदी भगवान्प्रति पूर्णरूपमा आस्था राख्थिन् । बहिनी घमण्डी हुनुका साथ भगवान्प्रति पनि उनको आस्था थिएन । विवाहपछि दुवै दिदीबहिनी गर्भवती भए । दिदीले समयमै बच्चा जन्माइन् । बहिनीको गर्भ रहेको १२ वर्षसम्म पनि बच्चा जन्मिएन । बहिनीले श्रीमान्सहित नारायणको आराधना गरिन् ।

सपनामा बूढानीलकण्ठ नजिकको पहाडमा रहेको नारायणको मूर्ति ल्याई उल्टो छाताकारका तीन खटको जात्रा चलाउनु तब तिमीहरुको उद्धार हुनेछ भन्ने आज्ञा भयो । गर्भ रहेको १२ वर्षसम्म बच्चा नजन्मिएको दम्पतीले त्यसबेलाका राजा नरेन्द्र मल्लसँग गुहार मागे । राजको आज्ञाबमोजिम तान्त्रिकहरु धिमे बाजा बजाई रङ्गीबिरङ्गी लुगा लगाएर बूढानीलकण्ठ नजिकको पहाडमा गए ।

त्यहाँ पुगेर उनीहरुले मैनको फूल चढाई नारायणको आराधना गरे । त्यसपछि नारायणले चोक्काथुनारायण (तीननारायण) जात्राको परम्परा चलाउने वचन दिए । नारायणलाई हाँडीगाउँ ल्याई यहाँका जनतालाई पर्ने दुःख तथा पीडालाई अन्त गर्न भनी चोक्काथुनारायण मन्दिर स्थापना गरे । यसै बेलादेखि जात्राको पनि शुरुआत भयो ।

मन्दिर स्थापना भएपछि प्रसव वेदनाको समयमा नारायणको मूर्तिमा तेल लगाउँदा वा जात्राको समयमा प्रयोग हुने मैनको फूल सिरानीमा राख्नाले वेदना कम हुने गरेको स्थानीयवासीको अनुभव छ । नारायणको शिरमा तेल खन्याउँदा दायाँतर्फबाट तेल खसे छोरा र बायाँतर्फबाट तेल खसे छोरीको जन्म हुन्छ भन्ने धारणा अहिले पनि रहेको सांस्कृतिक अन्वेषक आचार्यले सुनाए ।

नारायणको जात्रा कमलासनको तीन खट (बाबु, आमा, छोरा) बनाई खटको गजुरलाई उल्टो पारी घुसारेर तीन टोल घुमाई गजुर घुसारेको स्थानमा पुजा गरिन्छ । देशका अन्य स्थानमा हुने जात्रा खटको गजुर उल्टो नपारी गरिने यहाँको नारायण जात्रा भने उल्टो पारेर गरिने भएकाले कहीँ नभएको जात्रा भन्ने गरिएको हो ।

Advertisement

यो जात्रामा पाँच जनाले धिमेबाजा बजाउनुपर्ने र ३० जनाले खट बोक्नुपर्ने प्रचलन छ । जात्रा हेर्न हाँडीगाउँ क्षेत्रका सबै गुठियार जम्मा हुनुपर्ने नियम रहेकाले कोरोनाको महामारीका बेला सङ्क्रमण फैलन सक्ने खतराले यस वर्षको जात्रा स्थगन गरिएको वडा कार्यालयले जनाएको छ ।

भर्खरको समाचार

पुटिनको ज्यान जोखिममा, सुरक्षा बढाइयो

Vladimir-Putin

मलको हाहाकार र युद्धको बाछिटाः बालेनले किसानलाई मल देलान् ?

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

राजा महेन्द्रको मौनताले गुमेको थियो लिपुलेक र कालापानी ?

mahendra-bir-bikram-shah-dev-59d8aa66ea8d42.19514437_MYCML1jMkd

रास्वपाबाट पालिकाको उम्मेदवार बन्न पनि चुनाव जित्नु पर्ने

balen rabi rasopa team

अमेरिकी एफ–३५ लडाकु विमान खसाल्ने चिनियाँ ‘ट्युटोरियल’ भाइरल

Screenshot 2026-05-04 132111

होर्मुजमा ट्रम्पले घोषणा गरेको प्रोजेक्ट फ्रिडम के हो ?

HORMUZ

बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प

42412c11-68f9-4814-ade7-2710d505dd4c

लिपुलेकबारे नेपालको कडा नोटपछि मध्यरातमा भारतले के दियो जवाफ ?

Screenshot 2026-05-04 102749

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top