१५ कात्तिक, मकवानपुर ।
बागमती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुँयालले प्रदेशका विभिन्न जिल्लामा बाँकी रहेका पुराना तुइन विस्थापन गरी यसै आर्थिक वर्षभित्र झोलुङ्गे पुल निर्माण गरिने बताएका छन् ।
मन्त्रालयले प्राविधिक टोली जिल्ला–जिल्लामा खटाइसकेको र प्रतिवेदन आउन बाँकी रहेको मन्त्री फुँयालले बताए। उनले काठमाडौँ उपत्यका बाहेक १० जिल्लाका १६ गाउँपालिकामा रहेका खरको छानालाई पनि मुक्त गरी जस्तापाताको छानो निर्माणको दृढता व्यक्त गरे।
रासस
