१७ कात्तिक, संखुवासभा ।
संखुवासभाको मकालु गाउँपालिका-५ मा भएको टिपर दुर्घटनामा परी चालकको मृत्यु भएको छ । उक्त स्थानमा निर्माणाधिन अरुण तेस्रो जलविद्युत आयोजनाका कार्यरत सिमरा जितपुर उप-महानगरपालिका बस्ने ३६ बर्षीय सम बहादुर योन्जन तामाङको मृत्यु भएको हो ।
आईतवार राती ११ बजेको समयमा फाक्सिन्दा दोभानबाट बालुवा लिई फर्कँदै गरेको ना ८ ख ४९९५ नम्बरको टिपर अचानक दुर्घटना भई रोड देखि करिब ४०० मिटर तल अरुण नदीको किनारमा खस्दा टिपर चालक तामाङको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएकाे छ ।