लुम्बिनीमा कांग्रेस प्रमुख सचेतकमा फखरुद्दिन नियुक्त, हमाललाई हटाइयाे

१७ कात्तिक ७७, मंगलबार

१८ कात्तिक, रुपन्देही ।

Advertisement

नेपाली कांग्रेस संसदीय दल लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा फखरुद्दिन खान नियुक्त भएका छन् ।

प्रदेशसभा सदस्य खानलाई कांग्रेस संसदीय दलको विधान २०७४ को दफा ११(१) बमोजिम कार्तिक १७ गतेदेखि प्रमुख सचेतकमा नियुक्त गरिएको संसदीय दलका नेता वीरेन्द्र कुमार कनौडियाले जानकारी दिए।

Advertisement

खान रुपन्देही क्षेत्र नम्बर ५(२) बाट निर्वाचित प्रदेशसभा सदस्य छन् । पार्टी संसदीय दलको निर्देशन विपरीत गतिविधि गरेकाले हमाललाई हटाएर खानलाई नियुक्त गरिएको कांग्रेस स्रोतले जनाएको छ । प्रमुख सचेतकमा नियुक्त ४० वर्षका खान प्रदेशसभाका कांग्रेस सांसदमध्ये अध्ययनशील र स्पष्ट वक्ताका रुपमा चिनिन्छन् ।

प्रदेशको स्थायी राजधानी दाङ सार्ने सरकारको प्रस्तावको सम्बन्धमा कांग्रेस संसदीय दलले रुपन्देहीका पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेपनि प्रमुख सचेतक हमाल, लेखा समिति सभापति डिल्ली चौधरी लगायत ६ जना सांसदले पार्टीको ह्वीप विपरीत दाङको पक्षमा मतदान गरेका थिए ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top