प्रदेश १ मा ३६३ कोरोना संक्रमित थपिँदा १६० डिस्चार्ज

१७ कात्तिक ७७, मंगलबार

१८ कात्तिक, विराटनगर ।
प्रदेश १ मा मंगलबार ३ सय ६३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १ सय ५६, सुनसरीमा १ सय २०, झापामा ६०, उदयपुरमा ८, धनकुटा र इलाममा २–२, पाँचथर, भोजपुर र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा १ सय २० जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ५८ महिला र ६२ पुरुष छन् । मोरङको सुन्दरहरैचामा १०, पथरीशनिश्चरे र कटहरीमा ५–५, बेलबारीमा ३, धनपालथान, रतुवामाई, ग्रामथान, रंगेली र केराबारीमा २–२, बुढीगंगा, कानेपोखरी र लेटाङमा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको छ । सुनसरीको धरानमा ८१, इटहरीमा २५, बराहक्षेत्रमा ५, इनरुवामा ४, रामधुनीमा ३, भोक्राहानरसिंह र दुवहीमा १–१, झापाको दमकमा ३१, विर्तामोडमा १०, गौरादह र भद्रपुरमा ५–५, गौरीगञ्जमा ४, बुद्धशान्ति, मेचीनगर, अर्जुनधारा, शिवसताक्षी र कमलगाउँपालिकामा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । उता उदयपुरको कटारीमा ५, चौदण्डीगढी, त्रियुगा र स्थानीयतह नखुलेका १–१, धनकुटामा २, इलामको चुलाचुलीमा २, पाँचथरको मिक्लाजुङमा १, भोजपुरमा १, ते¥हथुमको म्याङलुङमा १ र प्रदेश १ बाहिरका १२ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २० हजार १५४ पुगेको छ ।

प्रदेश १ मा मंगलबार १६० जना डिस्चार्ज भएका छन् । वि.जेनरल अस्पताल हरिनगरबाट ३९, प्रहरी प्रशिक्षण केन्द्र आईसोलेसन विराटनगरबाट ३५, रमानन्द आचार्य सेवापीठ बराहक्षेत्रबाट २६, इनरुवा आईसोलेसन सुनसरीबाट १९, विराट मेडिकल कलेज र गढी आईसोलेसन केन्द्रबाट १४–१४, जिल्ला अस्पताल संखुवासभाबाट ७, रुम्झाटार आईसोलेसन केन्द्रबाट ३, इलाम अस्पताल, जिल्ला अस्पताल खोटाङ र जीवन विकास आधारभुत विद्यालय आईसोलेसन केन्द्रबाट १–१ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या ११ हजार ७३६ पुगेको छ ।

प्रदेश १ मा मंगलबार १ हजार ८५ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १५३ महिला र २१० पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । प्रदेश १ मा हालसम्म १ लाख ६३ हजार ४९९ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

भर्खरको समाचार

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

सम्बन्धित समाचार

Scroll to Top