×

NEPAL TIMES UPDATES

Playing
Iran यु द्धबाट America ले उठायो आर्थिक फाइदा, कसरी ? || Nepal Times
Mar 11, 2026
Playing
सांसद् आइसके छैन् संसद् भवनःकहाँ हुन्छ सपथ, कहाँ बस्छ बैठक ? || Nepal Times
Mar 11, 2026
Playing
रविविरुद्धका २ मु द्दा फिर्ता लिने कि नलिने ? पूर्ण इजलासमा फैसला|| Nepal Times
Mar 11, 2026
Playing
जेनजीहरुले खोलेको दलले पानीसम्म पाएन,रास्वपा नै जेनजीमय|| Nepal Times
Mar 11, 2026
Playing
के एमाले अब ओली मुक्त हुन लागेको हो ? || Nepal Times
Mar 11, 2026
Playing
Top 15 Afternoon News || Mar-11-2026 || Nepal Times
Mar 11, 2026
Playing
महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम || Nepal Times
Mar 11, 2026
Playing
बालेनको फोटो र भोजपुरी गीतले मच्चायो तहल्का|| Nepal Times
Mar 11, 2026
Playing
स्ट्रेट अफ होर्मुजमा माइन बिछ्याउने Iran का १६ डुंगा न स्ट || Nepal Times
Mar 11, 2026
Playing
समानुपातिकको मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो|| Nepal Times
Mar 11, 2026

चामल खरिदमा स्वार्थै स्वार्थ, सरकार मौन

२० कार्तिक २०७७

काठमाडौं : सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको आन्तरिक मिलेमतोमा चामल खरिदमा ठूलो चलखेल भएको पाइएको छ । कम्पनीले सार्वजनिक खरिद ऐनविपरीत टेन्डर आह्वान गरी चामल खरिद गरेको हो ।

सार्वजनिक खरिद ऐनको दफा ६९ तथा सार्वजनिक खरिद नियमावली २०६४ को नियम १४६ ९२० कार्यान्वयनका लागि तयार पारिएको विद्युतीय खरिद प्रणाली सञ्चालन निर्देशिका २०७४ बमोजिम ६० लाख रुपैयाँमाथिको टेन्डर आह्वान गर्दा विद्युतीय खरिद प्रणालीमा टेन्डर गर्नुपर्ने र ३० दिनको समयअवधि राख्नुपर्ने कानुनी प्रावधान छ । तर, व्यापार कम्पनीले विद्युतीय खरिद प्रणालीअनुसार टेन्डर आह्वान नगरी १५ दिनको मात्र सूचना जारी गरेर आफूअनुकूल ठेकेदारलाई चामल खरिद गर्न लगाएको खुलासा भएको छ ।

खाद्य व्यापार कम्पनीले कानुनी मापदण्ड पूरा नगरी चामल खरिद गरिरहँदा पनि सरकार मौन बसेको छ । चामल खरिदकै क्रममा कम्पनीका कर्मचारीले व्यापारीसँग कमिसन खान आन्तरिक मिलेमतोमा कानुनी मापदण्डविपरीत टेन्डर गरी बजार मूल्यभन्दा प्रतिक्विन्टल साढे ४ सयदेखि ७ सय रुपैयाँ महँगोमा चामल खरिद गरेको छ । कम्पनीले करिब ५५ करोड रुपैयाँमा १ लाख क्विन्टल चामल खरिद गरेको हो ।

यति ठूलो रकममा १ लाख क्विन्टल चामल खरिद गर्दा राज्यलाई सिधै ५ करोडभन्दा बढी घाटा भएको छ । खाद्य व्यापार कम्पनीले खरिद गरेर गोदाममा थन्क्याएको चामलसमेत गुणस्तरहीन भएको पाइएको छ । खाद्य व्यापार कम्पनीले खरिद गरेको गुणस्तरहीन ५ ट्रक चामल अझै कम्पनीको थापाथलीस्थिति कार्यालयको गादोममा छ । कम्पनीले थापाथलीस्थित कार्यालयको गोदाममा भण्डारणका लागि १० हजार क्विन्टल सानो मन्सुली चामल राखेको छ । जसमध्येको ५ ट्रक गुणस्तरहीन भएको बताइएको छ ।

स्रोतका अनुसार व्यापारीसँग कमिसन खान कम्पनीका कर्मचारीले सो गुणस्तरहीन चामल फिर्ता नगरी गोदाममै थन्क्याएर राखेका हुन् । व्यापारीसँग कमिसन खान तीन महिनादेखि गुणस्तरहीन चामल गोदाममै थन्क्याएर राखिएको स्रोतको भनाइ छ ।, यो समाचार आजको राजधानी दैनिकमा छ ।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top