पानीको चरम अभाव भएपछि धारामा लुगा धुन र नुहाउन रोक

१९ कात्तिक ७७, बिहीबार

२० कात्तिक, सल्यान ।

Advertisement

जिल्लाको शारदा नगरपालिका वडा नं १४ ढारखानीमा पानीको चरम अभाव भए पछि स्थानीयले धारामा लुगा धुन र नुहाउन रोक लगाएका छन् ।

वषौंँदेखि खानेपानीको चरम समस्या भोग्दै आएका ढारखानीका स्थानीयले पिउँने पानी नै नपुग्ने भएपछि धारामा लुगा धुन र नुहाउन रोक लगाएका हुन् । एक सय ४० घरधुरी रहेको उक्त गाँउमा पानीको अभावले समस्या झेल्दै आएका छन् ।

Advertisement

योभन्दा पहिले लुगा धुने, नुहाउने गरेपनि अहिले पिउने पानी नै नपुगेपछि रोक लगाइएको स्थानीयले बताएका छन् ।हिँउदको समयमा पानीको मुहान सानो हुने भएकोले खानेपानीको समस्या टार्नका लागि यस्तो उपाय अपनाएको स्थानीय गणेश गिरीले बताएका छन् ।

उनका अनुसार खानेपानी लिनको लागि पालोे लगाएको छ । लुगा धुने, नुहाउने गर्दा पानी नपुग्ने भयो, उनले भने ‘खानेपानी मात्र भएपनि पुगोस भनेर हामीले यस्तोे निर्णय गरेका हौं ।’

Advertisement

आफूहरुलाई खानेपानी पुग्न पनि धाँै धौँ भएकाले यसरी जोह गर्ने उपाय निकालेको अमृता घर्तीले बताइन् । उनले भनिन् ‘नुहाउन लुगा धुनको लागि त शारदामा गएर धुन सकिन्छ, तर खानेपानी शारदाबाट बोकेर सम्भव छैन ।’

खानेपानीका लागि अहिलेसम्म कसैले पहल नगरेको स्थानीयले बताएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top