एक रुपैयाँ किलोमा पनि बिकेन गोलभेँडा

२ जेठ ७५, बिहीबार

कञ्चनपुर, ३ जेठ ः ऋण लगानी गरेर लगाइएको गोलभेँडाले बजार नपाएपछि शुक्लाफाँटा नगरपालिका–३ का किसानले घाटा व्यहोरेका छन् ।

Advertisement

ऋण लगानी गरेर लगाइएको गोलभेँडा बजारमा रु एक प्रतिकिलोका दरले बिक्री हुन नसक्दा किसानले घाटा व्यहोरेका हुन् । रु ५० हजार ऋण गरेर गोलभेँडा रोपेका भरतबहादुर चौधरी रु १० हजारको मात्रै गोलभेँडा बिक्री भएको बताउँछन् ।

“एक रुपैयाँमा बिक्री गर्न खोज्दासमेत बिक्री भएन,” उनले भने । गोलभेँडा खेतमा लटरम्म फलेको छ । खेतमै कुहिने अवस्था छ । आफ्नो खेतमा रु एक लाखभन्दा बढीको गोलभेँडा कुहिएको चौधरीले बताए ।

Advertisement

गोलभेँडा खेतीका लागि सहकारीबाट लिएको ऋण तिर्न अन्यत्रबाट व्यवस्था गर्नु परेको उनको भनाइ छ ।

गोलभेँडाले बजार नपाएपछि किसान मारमा परेका छन्। गतवर्ष गोलभेँडा खेतीबाट रु तीन लाखभन्दा बढी आम्दानी गर्नुभएका चौधरी यसवर्ष मुश्किलले रु ३० हजार मात्रै कमाई भएको बताउँछन्। उनको रु दुई लाखभन्दा बढीको गोलभेँडा खेतमै कुहिएको छ ।

Advertisement

यहाँका किसानले लगाएको गोलभेँडा बिक्री नहँुदा रु पाँच लाखभन्दा बढीको घाटा भएको छ । शुक्लाफाँटा नगरपालिका–३ का वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरी किसानलाई बजारको समस्या भएको बताउँछन् ।

“तरकारी पर्याप्त मात्रामा उत्पादन भएको छ, बजार पाउन सकेको छैन,” उनले भने । भारतबाट आयात गरिने गोलभेँडाका कारण यहाँका किसानले वर्षेनी घाटा व्यहोर्नु परको छ ।

हावाहुरीबाट साठी लाखको क्षति

कञ्चनपुरमा चार दिनअघि आएको हावाहुरीबाट रु ६० लाख ४७ हजार बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पुनर्वास नगरपालिका, लालझाडी गाउँपालिका र कृष्णपुर नगरपालिका क्षेत्रमा बढी मात्रामा क्षति भएको छ ।

हावाहुरीका कारण घरमा आगलागी, छाना उडाउँदा र घर भत्किँदा बढी क्षति भएको प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताए । पुनर्वास नगरपालिका र लालझाँडी गाउँपालिकाको १६८ घरमा रु ३३ लाख ४६ हजार बराबरको क्षति भएको छ । कृष्णपुर नगरपालिकामा ३७ वटा घर, एक विद्यालय र एक चर्चमा गरी रु २१ लाख २५ हजारको क्षति भएको छ ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top