वीरगञ्ज नाकाबाट १० अर्ब ११ करोड बढीको तेल भारत निर्यात

२३ कात्तिक ७७, सोमबार

२४ कात्तिक, वीरगञ्ज ।

मुलुकको प्रमुख भन्सार नाका वीरगञ्ज भएर चालु आर्थिक वर्षको ३ महिनामा १० अर्ब ११ करोड भन्दा बढीको प्रशोधित पाम आयल तथा भटमासको तेल भारततर्फ निर्यात भएको छ ।

वीरगञ्ज भन्सार कार्यालयको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०७७–७८ को ३ महिनाको अवधिमा बारा–पर्सा औद्योगिक करिडोरका १४ ओटा तेल उद्योगले ७२ हजार ८ सय ६२ मेट्रिक टन भटमासको तेल तथा पाम आयल भारततर्फ निर्यात गरेका छन् ।

Advertisement

गत आर्थिक वर्ष २०७६–७७ को सो अवधिमा भने १४ हजार ९ सय २४ मेट्रिक टन प्रशोधित भटमासको तेल वीरगञ्ज नाका भएर निर्यात भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनाको अवधिमा कुल १० अर्ब ११ करोड ८ लाख ९३ हजारको भटमासको प्रशोधित तेल वीरगञ्ज भन्सार नाका भएर निर्यात भएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत गोपाल खत्रीले जानकारी दिए।

Advertisement

चालु आर्थिक वर्षको पहिलो ३ महिनामा वीरगञ्ज नाकाबाट नेपालबाट निर्यात हुने मुख्य बस्तुहरुमा भटमासको प्रशोधित तेल पहिलो स्थानमा परेको वीरगञ्ज भन्सारले जनाएको छ ।

वीरगञ्ज नाका भएर चालु आर्थिक वर्षको तीन महिनामा मुख्यत भटमासको प्रसोधित तेलसँगै, जुस जाम, च्यवनप्राश, जमोठ कपडा, दन्त मन्जन, उनी गलैचा, सेन्थेटिक यार्न, अन्य रेसाको कपडा, स्पार्ट सुज पिना लगायतका वस्तुहरु भारततर्फ निर्यात भएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख खत्रीले बताए ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top