NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
काँग्रेसमा रडाकोः मोहन भर्सेस गगन, शेखर भर्सेस विनोद,’सच्चिने कि सक्किने’ ? शुक्रबार असार २० , २०८२
इतिहास रच्ने संघारमा नेपाली महिला फुटबल, बराबरी भए के हुन्छ ? शुक्रबार असार २० , २०८२
 नेपाली सेना भित्रपनि डरलाग्दो घोटाला शुक्रबार असार २० , २०८२
रुसी जलसेनाका उपप्रमुख मारिए, ट्रम्पको प्रस्ताव पुटिनलाई अस्वीकार शुक्रबार असार २० , २०८२
धनुषा प्रहरी र तस्कर समूहबीच झडपः ६ सशस्त्र प्रहरी घाइते शुक्रबार असार २० , २०८२
Next
Prev

समाचार

केरुङ–काठमाडौँ रेलमार्ग : डीपीआर बनाउन प्रस्ताव गर्ने तयारी

मङ्लबार कार्तिक २५ , २०७७
Reading Time: 1 min read
A A
Advertisement
काठमाडौं-केरुङ रेलमार्गको सम्भाव्यता अध्ययनका लागि मार्ग प्रशस्त
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

काठमाडौँ : सरकारले प्रस्तावित केरुङ–काठमाडौँ रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण गरिदिन मित्रराष्ट्र चीनसँग प्रस्ताव गर्ने भएको छ । आफ्नै आर्थिक तथा प्राविधिक सहयोगमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिदिन अर्थ मन्त्रालयमार्फत चीन सरकारलाई अनुरोध गर्न लागिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले जानकारी दिनुभयोे ।

नेपाल र चीनबीचको मित्रताको ‘प्रतीक’का रूपमा लिइएको सो रेलमार्गको निर्माण अनुदान सहयोगमा नै गर्न नेपालले चीनलाई आग्रह गर्दै आए पनि ‘डीपीआर’ निर्माणका लागि नेपालले अहिलेसम्म औपचारिक प्रस्ताव गरेको थिएन ।

“बहुचर्चित केरुङ–काठमाडौँ रेलमार्ग निर्माणलाई अगाडि बढाउन ‘डीपीआर’ तयार गर्न रेल विभागबाट आएको प्रस्ताव अर्थ मन्त्रालयमा रहेको वैदेशिक समन्वय महाशाखामा पठाइएको छ,” भौतिक मन्त्रालयका सचिव श्रेष्ठले भन्नुभयो, “महाशाखाले आवश्यक अध्ययन गरेपछि प्रस्ताव चीन सरकारलाई पठाइने छ ।” भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत हप्ता उक्त प्रस्ताव अर्थ मन्त्रालयमा पठाएको थियो ।

Advertisement

सचिव श्रेष्ठले भौतिक मन्त्रालयसँग थप छलफल गरी अर्थले ‘डीपीआर’को सो प्रस्ताव चीनलाई पठाउने जानकारी दिनुभयो । सो प्रस्तावबारे अर्थ मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबीच बुधबार थप छलफल हुने सचिव श्रेष्ठले जानकारी दिनुभयो । छलफलपछि ‘डीपीआर’को उक्त प्रस्ताव चीन सरकारलाई पठाइने उहाँले स्पष्ट पार्नुुभयो ।

यो रेलमार्गको ‘डीपीआर’ तयार गर्न करिब दुई वर्ष लाग्ने अनुमान गरिएको छ । विकट भूगोलमा निर्माण गरिने भएकाले सो रेलमार्गका लागि विभिन्न कोणबाट अध्ययन गर्नुपर्ने उहाँले बताउनुभयो । सो रेलमार्ग निर्माणका लागि तीन चरणमा अध्ययन सम्पन्न गरिनेछ ।

पहिलो चरणमा हवाई सर्भेक्षण (एरियल सर्भे), दोस्रोमा भौगोलिक अनुसन्धान (जियोलोजिकल इनभेस्टिगेसन) र तेस्रोमा रेल पङ्क्ति योजना (रेल्वे अलाइनमेन्ट) रहेको छ । यो सबै अध्ययन चीन सरकारको आर्थिक र प्राविधिक सहयोगमा हुनेछ । ‘डीपीआर’ निर्माणसँगै रेल निर्माणको कुल लागत, निर्माणको ‘मोडेल’ लगायतका विषयबारे टुङ्गो लाग्नेछन् ।

चीनका राष्ट्रपति सी चिनफिङको गत वर्ष असोजमा भएको नेपाल भ्रमणका क्रममा यस रेलमार्गको अध्ययनका लागि दुई मुलुकबीच समझदारी पत्रमा हस्ताक्षर भएको थियो । सोही भ्रमणमा चिनियाँ टोलीले काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्गको पूर्वसम्भाव्यता अध्ययनको प्रतिवेदन बुझाएको थियो । चीन सरकारले काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्गमा चासो देखाएपछि पूर्वसम्भाव्यता अध्ययन गरेको थियो ।

केरुङ–काठमाडौँ रेल सम्भव
प्रस्तावित सो रेलमार्ग निर्माणका लागि चीनद्वारा यसअघि गरिएको पूर्वसम्भाव्यता (प्रि–फिजिविलिटी) अध्ययन प्रतिवेदनले उक्त रेलमार्गको निर्माण र सञ्चालन सम्भव रहेको देखाएको थियो । चीनले सो प्रतिवेदन नेपाल सरकारलाई हस्तान्तरणसमेत गरिसकेको छ ।

प्रतिवेदन अनुसार सो रेलमार्गको लम्बाइ करिब ७२ किलोमिटर हुनेछ । अध्ययन अनुसार सो रेलमार्गमा चारवटा स्टेसन प्रस्ताव गरिएको छ । जसमध्ये पहिलो स्टेसन केरुङमा हुनेछ भने काठमाडौँ र केरुङका बीचमा दुईवटा र अन्तिम स्टेसन काठमाडौँ टोखामा हुनेछ ।

केरुङसम्मको अध्ययन सम्पन्न
रेलमार्ग निर्माणका लागि चीन सरकारले सिगात्सेबाट नेपालको सीमा नजिकैको केरुङसम्मको अध्ययन सम्पन्न गरेको छ ।, याे समाचार गाेरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।

लोकप्रीय

स्थानीय निर्वाचनमा आफ्नो  पार्टी पहिलो भएको काँग्रेसको निष्कर्ष

काँग्रेसमा रडाकोः मोहन भर्सेस गगन, शेखर भर्सेस विनोद,’सच्चिने कि सक्किने’ ?

शुक्रबार असार २० , २०८२
इतिहास रच्ने संघारमा नेपाली महिला फुटबल, बराबरी भए के हुन्छ ?

इतिहास रच्ने संघारमा नेपाली महिला फुटबल, बराबरी भए के हुन्छ ?

शुक्रबार असार २० , २०८२
 नेपाली सेना भित्रपनि डरलाग्दो घोटाला

 नेपाली सेना भित्रपनि डरलाग्दो घोटाला

शुक्रबार असार २० , २०८२

विचार

स्थानीय निर्वाचनमा आफ्नो  पार्टी पहिलो भएको काँग्रेसको निष्कर्ष

काँग्रेसमा रडाकोः मोहन भर्सेस गगन, शेखर भर्सेस विनोद,’सच्चिने कि सक्किने’ ?

शुक्रबार असार २० , २०८२
इतिहास रच्ने संघारमा नेपाली महिला फुटबल, बराबरी भए के हुन्छ ?

इतिहास रच्ने संघारमा नेपाली महिला फुटबल, बराबरी भए के हुन्छ ?

शुक्रबार असार २० , २०८२
 नेपाली सेना भित्रपनि डरलाग्दो घोटाला

 नेपाली सेना भित्रपनि डरलाग्दो घोटाला

शुक्रबार असार २० , २०८२

थप समाचार

स्थानीय निर्वाचनमा आफ्नो  पार्टी पहिलो भएको काँग्रेसको निष्कर्ष
ताजा समाचार

काँग्रेसमा रडाकोः मोहन भर्सेस गगन, शेखर भर्सेस विनोद,’सच्चिने कि सक्किने’ ?

शुक्रबार असार २० , २०८२
इतिहास रच्ने संघारमा नेपाली महिला फुटबल, बराबरी भए के हुन्छ ?
खेलकुद

इतिहास रच्ने संघारमा नेपाली महिला फुटबल, बराबरी भए के हुन्छ ?

शुक्रबार असार २० , २०८२
 नेपाली सेना भित्रपनि डरलाग्दो घोटाला
ताजा समाचार

 नेपाली सेना भित्रपनि डरलाग्दो घोटाला

शुक्रबार असार २० , २०८२
रुसको कब्जामा रहेको विशाल बाँध भत्कियो ? महाविनाशको डर
अन्तर्राष्ट्रिय

रुसी जलसेनाका उपप्रमुख मारिए, ट्रम्पको प्रस्ताव पुटिनलाई अस्वीकार

शुक्रबार असार २० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२

हालका पोस्टहरू

स्थानीय निर्वाचनमा आफ्नो  पार्टी पहिलो भएको काँग्रेसको निष्कर्ष

काँग्रेसमा रडाकोः मोहन भर्सेस गगन, शेखर भर्सेस विनोद,’सच्चिने कि सक्किने’ ?

शुक्रबार असार २० , २०८२
इतिहास रच्ने संघारमा नेपाली महिला फुटबल, बराबरी भए के हुन्छ ?

इतिहास रच्ने संघारमा नेपाली महिला फुटबल, बराबरी भए के हुन्छ ?

शुक्रबार असार २० , २०८२
 नेपाली सेना भित्रपनि डरलाग्दो घोटाला

 नेपाली सेना भित्रपनि डरलाग्दो घोटाला

शुक्रबार असार २० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.