×

NEPAL TIMES UPDATES

Playing
इरान यु द्धपछि भारतमा तेल संकट, होर्मुज बन्दपछि अब के हुन्छ?|| Nepal Times
Mar 04, 2026
Playing
Top 15 Afternoon News || Mar-04-2026 || Nepal Times
Mar 04, 2026
Playing
आकाशबाट खसे मिसा इल,बेबस Arab देश, Americaको पोल खुल्यो || Nepal Times
Mar 04, 2026
Playing
उम्मेदवारको गाडीभरी पैसा र शं का स्पद बस्तु, २ उम्मेदवार नै पक्रा उ || Nepal Times
Mar 04, 2026
Playing
नेपालको पर्यटन, रेमिट्यान्स, व्यापार र वैदेशिक रोजगारीमा सीधा असर || Nepal Times
Mar 04, 2026
Playing
IRAN मा भेटिएन आणविक हति यारको प्रमाण, Indiaमा तेल सकिदै || Nepal Times
Mar 04, 2026
Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026

साहसिक खेलको केन्द्र बन्दै धरान

२७ कार्तिक २०७७

२७ कात्तिक, सुनसरी ।

धरानका पत्रकार जनकऋषि चाम्लिङ राईले कोरोनाको कहरमा पनि केही दिनअघि भेडेटार चढेर जिपलाइनको मज्जा लिए । भेडेटार छिनमा खुल्ने र छिनमै कुहिरोले सिरकलेझैँ छोप्ने प्राकृतिक मनमोहक ठाउँ हो । भेडेटारको यही प्रकृति एवं मौसमको यही विशेषताले गर्दा नै देश विदेशबाट पर्यटकहरु आउने गर्छन् ।

प्राकृतिक वातावरण, भेडेटारको तङमा र सुकुटी चाख्ने र चाल्र्स प्वाइन्ट चढेर तराई हेर्दै आएका भेडेटार पुग्ने पर्यटकहरुलाई जिपलाइनमा उड्ने सुविधा थपिएको छ । ‘‘धरानलाई चिनाउने त अहिल्यै पनि अनेक क्षेत्र थिए, पछिल्लो समय यहाँ जिपलाइन पनि थपिएको छ, अब यसका लागि पनि आन्तरिक तथा बाह्य पर्यटक यहाँ आउन थालेका छन्” जिपलाइन उडानको मज्जा लिएर फर्किएका राईले भने ।

भेडेटार देवीथान जिपलाइन गत फागुन १७ बाट शुरु भएको छ । त्यसपछि ७ महिना कोरोनाका कारण बन्द भए पनि यही कात्तिक १६ गतेदेखि नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर पुनः शुरुआत गरिएको जिपलाइनमा उड्न आन्तरिक पर्यटकहरु भीड लागेका छन् । अघिल्लो मङ्गलबार छोरीहरुसहित जिपलाइनको मज्जा लिन भेडेटार पुगेकी महिला सञ्जाल धरानकी अध्यक्ष चेतना सेरेङले पहिलो पटक अनुभव लिएको बताइन् । ‘‘सात महिना घरमा उकुसमुकुस भएर बसेकी थिएँ, भेडेटारमा नयाँ साहसिक खेलमा भाग लिन पाउँदा आनन्दित भएँ’’ सेरेङले भनिन् ।

साहसिक पर्यटकीय खेलको रुपमा रहेको जिपलाइन गत फागुन १७ गते १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका थिए । कोरोनाका कारण यो खेल संरचना सात महिना बन्द भएको थियो । वल्र्ड वाइड ग्रुप नेपाल प्रालिले यही कात्तिक १६ गते पुनः शुरु गरेको छ । देवीथान डाँडासम्म ६५० मिटर लामो जिपलाइन धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारीले उडान गरेर उद्घाटन गरिएको थियो ।

प्रालिका सञ्चालक केदार थापा, यम राई, डोलिका लिम्बू, विवस भण्डारीले भेडेटारमा दुई वर्ष अध्ययन गरेर करिब रु तीन करोड लगानीमा जिप फ्लाइङको शुरुआत गरेका हुन्। धरान उपमहानगरकी उपमेयर भण्डारीले निजी क्षेत्रको सहकार्यमा धरान भेडेटारका आसपासका क्षेत्रमा केबुलकार तथा स्काई वाकसमेत निर्माणको तयारी भइरहेको जानकारी दिइन् । क्यानोनिङका लागि उपमहानगरको पर्यटन समितिले धरान–२० स्थित विष्यापादुमा स्थान पहिचान गरी अध्ययन शुरु गरेको पर्यटन समितिका संयोजक किशोर थुलुङले जानकारी दिए ।

सञ्चालक विवस भण्डारीका अनुसार जिपलाइनमा टेकअफ पोइन्टदेखि ल्याण्डिङ पोइन्टसम्म आइपुग्न करिब ३०/४० सेकेण्ड लाग्छ । यहाँ तीन प्रकारको सुविधा जस्तै क्लासिक, सुपरम्यान र कपल जिपफ्लाइङ दिइएको छ । क्लासिकमा एकजना बसेर फ्लाइङ गर्छन भने सुपरम्यानमा उडेझैँ गरी फ्लाइङ गर्छन् । त्यस्तै कपलमा जोडीले बसेर फ्लाइङ गर्छन् । क्लासिकको रु एक हजार २००, सुपरम्यानको रु एक हजार ५०० र कपलको रु एक हजार ८०० सेवा शुल्क तोकिएको छ । प्रालिका सञ्चालक थापाले १० वर्षदेखि ७५ वर्ष उमेरसम्मका नागरिकले यस खेलबाट मजा लिनसक्ने बताए ।

तारको क्षमता ११ हजार किलो भारको छ, भने सेफ्टी बेल्ट (हार्नेस) २२ देखि २७ सय केजी भार र क्याराविनरको भार क्षमता पनि २७ सय केजीसम्मको रहेको कम्पनीले बताएको छ । साहसिक पर्यटकहरुको रु पाँच लाखको बीमा पनि भएकाले सुरक्षाको कुनै चिन्ता लिन नपर्ने सञ्चालक बताउछन् ।

पर्यटकीय नगरी धरान पछिल्लो समय साहासिक खेल पर्यटनको कन्द्र बन्दै गएको छ । धरानका केही व्यवसायीहरुले २०६७ सालमा प्याराग्लाइडिङ र ¥याफ्टीङ शुरु गरेपछि यहाँ अन्य साहसिक खेलहरु पनि शुरु गरिएको हो ।

पोखराबाट १६ वर्षअघि व्यावसायिक रुपमा शुरु प्याराग्लाइडिङ खेल यति बेला पूर्वको धरानमा पर्यटक तान्न थालेको छ । प्याराग्लाईडिङमा उड्नकै लागि पोखरा धाउनुपर्ने बाध्यता पनि हटेको छ । मौसम अनुकूल रहेको समयमा धरानको आकाशमा दैनिक पर्यटकले उडान भर्ने वातवरण बनेको छ । धरान तथा भेडेटार घुम्न आउने पर्यटकहरु प्याराग्लाइडिङमा पनि रमाउन पाएका छन् ।

यस्तो अवसर धरानका युवा व्यवसायीहरु रोशन अधिकारी र स्व लेखमणि जिमीले जुराएका हुन् । धरान स्काई एडभेञ्चर एण्ड प्याराल्लाइडिङ कम्पनी स्थापना गरेर अधिकारीले पहिलो पटक उडान शुरु गरेका हुन् । प्रालिका प्रबन्ध निर्देशक तथा धरान उपमहानगरपालिका–१ का वडाध्यक्षसमेत रहेका अधिकारीले १४÷१५ वर्ष अगाडि नै धरानको आकाशमा प्याराल्लाइडिङ उडान गर्न सकिने सम्भावना देखेको बताउँछन् ।

‘‘चार पाँच वर्ष अगाडि पोखराका साथीहरुलाई ल्याएर धरानको सबै सेरोफेरो देखाए, उनीहरुले पनि मन पराए त्यसैबेला उनीहरु उडे पनि’’ अधिकारीले भने, ‘‘पाइलटहरुले पनि धरानमा धेरै राम्रो सम्भावना भएको सुनाएपछि यसको इजाजत लिएर उडान शुुरु गरेको हुँ ।’’

प्रालिले ६ जना पाइलट राख्ने अनुमति लिएको भए पनि पर्यटकहरु कम भएकाले हाल भने एक जना राखेर सञ्चालन गर्दै आएको छ । प्रालिले भेडेटार छेउ धरानको छोटी मोरङमा सात कठ्ठा जग्गा खरिद गरेर उड्ने ठाउँ बनाएको छ । अस्थायी ल्याण्डिङ प्वाइन्टका रुपमा धरान–१४ स्थित विजयपुर विद्यालयको खेलमैदानलाई प्रयोग गरेको छ । यस्तै धरान–४ स्थित दानावारीबाट पनि नियमित उडान गर्दै आएको छ । स्थानीय निकाय र सरकारले यसको प्रचार र आवश्यक भौतिक सुविधाको व्यवस्था गरे यो साहसिक खेल खेल्न पर्यटकहरुको घुईँचो लाग्ने धरान उपमहानगरपालिका पर्यटन समतिका सदस्य कृष्ण साह बताउँछन्।

विसं २०६७ मा पहिलोपटक परीक्षण उडान सफल भएसँगै धरानमा पछिल्लो समयमा प्याराग्लाइडिङको व्यावसायिक उडान शुरु भएको छ । यस्तै स्व.लेखमणि जिमीले बुढासुब्बा एड्भेन्चर प्रालिबाट उडान गर्दै आएका थिए । केही दिनअघि कोरोनाका कारण उनको मृत्यु भएपछि उनका छोराले व्यवसाय सम्हाल्दै आएका छन् । जिमीको नेतृत्वमा उदयपुरको मैनामैनीमा प्याराग्लाइडिङ स्कुलसमेत सञ्चालन हुँदै आएको छ । गतवर्ष उक्त स्कुलबाट नेपाली सेनाका २५ जना पाइलट उत्पादन भएका छन् । सेनाले पाराग्लाइडिङमा पाइलट तालीम लिएपछि विश्वमा पाराग्लाडिङमा सेनाले राम्रो छवि बनाएको छ ।

प्याराग्लाइडिङमा नागरिक उड्ययन प्राधिकरणले दिएको क्षेत्रभित्र ६ हजार फिट माथिसम्म उडेर रमाउन सकिन्छ । व्यावसायिकरुपमा उडान भर्न सोलो (एक्लै उड्ने) करिब ५ हजार घण्टा उडाउनुपर्छ । एक हजार घण्टा सोलो उडान गरेपछि मात्र टेन्डम उडानका लागि फेडेरेसन एरोनेटिक इन्टरनेशनल (एफएआई) बाट मान्यता पाइन्छ । पाँच दिनको कोर्ष गरेर टेन्डममा (दुई जना उड्न) पाइन्छ । करिब रु ३० लाख खर्चेर मात्र व्यावसायिक प्याराग्लाइडिङ पाइलट बन्न सकिन्छ ।

प्याराग्लाइडिङ गर्ने उपयुक्त सिजन अक्टोबरदेखि अप्रिल महिना हुन् । प्याराग्लाइडिङ उडान अनुमति दिँदा नागरिक उड्यन प्राधिकरणले ५० अमेरिकी डलर लिने गरेको छ । धरानको आकाश पोखराको भन्दा पनि राम्रो छ । धरानको मौसम र भौगोलिक अबस्थालाई हेर्ने हो भने प्याराग्लाइडिङका लागि पोखराभन्दा पनि धरान उत्तम भएको पाइलट राम राई बताउँछन् ।

साहसिक खेल पर्यटनको प्रवद्र्धन र विकासका लागि पहल गर्न धरानकै पर्यटनकर्मी तथा साहसिक खेलसम्बद्ध व्यक्तिको सहभागितामा ११ सदस्यीय सञ्जालसमेत बनाइएको छ । उक्त सञ्जालका संयोजक जिमी रहेका थिए ।
यो सञ्जालले प्रदेश नं १ मा साहसिक तथा पर्यटकीय खेलकुदको विकास, विस्तार र व्यवस्थापन कसरी गर्न सकिन्छ भनेर समन्वयकारी काम गर्ने गरी एक वर्षअघि गठन गरिएको माउन्टेन स्पोर्टस् फेडरेशनका अध्यक्ष गोविन्द भट्टराईले जानकारी दिए ।

नेपालमा हुँदै आएका १६ वटा साहसिक खेलमध्ये ६ वटा खेलको सम्भावना धरानमा रहेको उपमहानगर पर्यटन समितिका सहसंयोजक किशोर थुलुङ बताउँछन् । अझ यसको विस्तार र खेलको माध्यमबाट कसरी पर्यटक भित्र्याउन सकिन्छ भन्ने उद्देश्यले माउन्टेन स्पोर्टस् फेडरेशनसँग सहकार्य गरिएको उनले बताए । ‘‘धरान अब धार्मिक पर्यटकीय गन्तव्य मात्र रहेन हामी यसलाई साहसिक खेल पर्यटकीय गन्तव्य पनि बनाउन अग्रसर भएका छौँ, यसमा निजी क्षेत्रको ठूलो योगदान रहेको छ ।’’

धरानमा साइक्लिङ, पाराग्लाइडिङ, क्यानोनिङ, जिपलाइन, बोटिङ, रेस, बाइक रेसलगायत खेलको सम्भावना रहेको छ । साइक्लिङ, बोटिङ खेल अहिले नै सञ्चालनमा रहेका छन् । धरानका युवा व्यवसायी मदन ढकालले धनकुटाको मूलघाटबाट चतरासम्म ¥याफ्टिङ सेवा पनि दिँदै आएका छन् । अरु सम्भावनाका बारेमा पनि यहाँ अध्ययन भइरहेको छ ।रासस

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501

बालेन झापा जाने भएपछि आत्तिए ओली, भने लुसिफरले धाक नदिनु

d0af0e4e-e87b-4585-9afd-4f644f0e3c5e

अशान्ति मच्चाइरहेका ट्रम्पको हातमा नोबेल शान्ति पुरस्कारको मेडल

maria-corina-machado-donald-trump-101025-ae6e5dd9fc324ce1bdcca7134e2fe0b9

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

d5b8dbd0-9973-4173-b623-07238c7850f9

रविको मुद्या फिर्तापछि एमाले रिसायो, अब के हुन्छ ?

rabi

सम्बन्धित खबरहरु

Scroll to Top