नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक सुरु

२७ कात्तिक ७७, शुक्रबार

२८  कात्तिक, काठमाडौं ।

Advertisement

नेपाली कांग्रेस केन्द्रिय कार्य समितिको बैठक शुरु भएको छ । पार्टी मुख्यालय सानेपामा शुरु भएको बैठकमा कांग्रेसले देशभरका क्रियाशिल सदस्यहरुको पछिल्लो विवरण केन्द्रमा पठाउने विषयमा छलफल गर्ने जनाइएको छ ।

पार्टीका समानुपातिक तर्फबाट निर्वाचित हुनु भएका संघीय सांसद सूर्यबहादुर केसीको निधनपछि रिक्त भएको ठाउँमा पठाउने नामको पनि काग्रेसले आजै टुंगो लगाउने तयारी गरेको छ ।

Advertisement

नेपाली कांग्रेस पार्टी सचिवालयका अनुसार केहि महिना अघि मात्र नेपाली काँग्रेसमा प्रवेश गरेका राप्रपा नेता सुनिल थापासँगै पार्टीमा प्रवेश गरेका सदस्यहरुको जिम्मेवारी र साँगोपाँगो एकताको विषयमा पनि आजको बैठकमा छलफल हुने  छ ।

क्रियाशिल सदस्यता र पछिल्लो पटक सभापति शेरबहादुर देउवाले पार्टीको विभाग गठन गरेको विषयलाई लिएर नेपाली कांग्रेसभित्र पनि विवाद कायमै छ । यस विषयमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले देउवाको कार्यशैलीको विरोध समेत गर्दै आएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top