जिप लाइनमा पर्यटकको आकर्षण

२७ कात्तिक ७७, शुक्रबार

२८ कात्तिक, कैलाली ।

Advertisement

कैलालीको चिसापानीस्थित कर्णाली नदीमा ‘जिप लाइन’ सेवा सञ्चालनमा आएपछि यहाँ पर्यटकको आकर्षण बढेको छ। सुदूरपश्चिम प्रदेशको प्रवेश द्वारसमेत रहेको कैलालीको चिसापानीमा सो सेवा सञ्चालनमा आएपछि पर्यटकको सङ्ख्या बढ्न थालेको हो।

जिप लाइनको आनन्दको अनुभव लिनको लागि पछिल्लो समय पर्यटक चिसापानी पुग्ने गरेका छन्। यस ठाउँमा आन्तरिक तथा बाह्य पर्यटक समेत आएर आनन्द लिने गरेका छन्। सामाजिक सञ्जालमा भिडियो र फोटा देखेर आफू यो ठाउँमा आएको धनगढीका झलक दवाडीले बताए। जिप लाइन सेवा कर्णाली नदीको किनारमा सञ्चालनमा ल्याइएको छ।

Advertisement

करिब १३० मिटर लामो लाइन अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण गरिएको छ। साहसिक खेल जिप लाइनको मज्जा लिन अहिले दैनिक पर्यटकले भीड लाग्ने गरेको छ। पहिलो पटक नयाँ खेलका अनुभव लिएको काठमाडौँबाट चिसापानी पुगेको अपार बिक्रम खाँडले बताए।

अहिले साहसिक खेल जिप लाइन अनुभव लिन दैनिक २०० देखि ३०० जना आन्तरिक तथा बाह्य पर्यटकहरू आउने गरेका छन्। करिब रु १० लाख लागतमा २०७६ सालको माघदेखि जिप लाइन सेवा सञ्चालनमा ल्याइएको हो। एक व्यक्तिले एक पटक जिप फलाइन गरेकोमा दुई सय रूपैयाँ शुल्क तिर्नुपर्ने हुन्छ।

Advertisement

महोन्याल गाउँपालिका- ७ पितमारीको कर्णाली नदीको छेउमा जिप लाइन सञ्चालनमा ल्याइएको छ। केही वर्ष विदेश बसेका कैलाली लम्कीका युवा तपेन्द्र रावलले जिप लाइन सेवा सञ्चालनमा ल्याएका हुन्।

चिसापानी एड्भेञ्चर रिपोर्टले चिसापानी क्षेत्रमा घुम्न आउने पर्यटकका लागि साहसीका खेलको मनोरञ्जन दिने उद्देश्यले जिप लाइन सेवा सञ्चालनमा ल्याइएको तपेन्द्र रावलले बताए।रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top