अमेरिकामा एकैदिन १ लाख ७७ हजार संक्रमित फेला

३० कात्तिक ७७, आइतबार

३० कार्तिक, विराटनगर ।
वर्ल्डोमिटर्सका अनुसार विश्वभर कोरोना संक्रमितको संख्या ५४ करोड नाघेको छ । ३ करोड ७८ लाख संक्रमित निको भइसकेका छन् ।

Advertisement

हालसम्म १४ लाख १७ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । कोरोनाभाइरसबाट सबैभन्दा धेरै प्रभावित मुलुक अमेरिकामा शुक्रबार र शनिबारबीच यहाँ एक लाख ७७ हजार संक्रमित भेटिएका छन् ।

संक्रमणको बढ्दो दरलाई काबुमा ल्याउन राष्ट्रपति पदमा नवनिर्वाचित जो बाइडेनले आफ्नो सक्रियता बढाएकाछन् । शनिबार उनले आफ्नो कोरोना टास्क फोर्ससँग छलफल गरेका थिए । अमेरिकामा १० राजयमा संक्रमणको खतरा अत्यधिक छ ।

Advertisement

भारतमा पनि कोभिड–१९ संक्रमितको संख्या ८८ लाख नाघेको छ। शनिवार थप ३६ हजार ८८१ जनालाई संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ८८ लाख नाघेको हो। कोरोना संक्रमितको संख्यामा भारत अमेरिकाको पछिपछि रहेको छ।

त्यसैगरी कोरोना संक्रमणका कारण थप ३८९ जनाको मृत्यु भएको छ। टाइम्स अफ इन्डियाका अनुसार भारतभर कोभिड संक्रमणका कारण एक लाख २९ हजार ५०२ जनाको मृत्यु भइसकेको छ।

Advertisement

८८ लाख ६ हजार ४१४ जनालाई कोभिड–१९ संक्रमित हुँदा ८१ लाख ९५ हजार ५८९ जना भने संक्रमण मुक्त भइसकेका छन्। उता दक्षिण कोरियामा संक्रमणको तेस्रो लहर देखिएको छ ।

त्यहाँको स्वास्थ्य मन्त्रालयले देशमा संक्रमणको तेस्रो लहर देखिएको बताएको छ । लगातार आठौँ दिन यहाँ २०८ संक्रमित भेटिएका छन् । सरकारले तेस्रो लहर रोक्नका लागि कडा कदम उठाइने संकेत दिएको छ ।

जनवरीदेखि मार्चबीच यहाँ पहिलो लहर थियो । जूनदेखि अगस्टको बीचमा दोस्रो लहर थियो भने अब अहिले तेस्रो लहर देखिएको छ ।

स्वास्थ्य मन्त्रालयले संक्रमणको मुख्य कारण विदेशबाट आउने मानिसहरु भएको बताएको छ । शनिबार दर्ता गरिएको २०८ मध्ये १७६ संक्रमित विदेशबाट आएका हुन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top