कांग्रेसमा पनि उस्तै किचलो : क्रियाशील सदस्यता वितरणमा विवाद

४ मंसिर ७७, शुक्रबार

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस आन्तरिक किचलोमै रुमलिएको छ । पार्टीको विचार सिद्धान्तभन्दा पनि पदीय भागबन्डाको किचलो झन् बढदै गएको छ । प्रमुख प्रतिपक्ष दलको भूमिका निर्वाह गर्ने दायित्वबाट चुकेको कांग्रेसमा दिनहुँ बैठक र छलफल भए पनि दुवै पक्षको आ–आफ्नो अडान नछोड्दा विवाद चर्किंदै गएको छ । पदीय भागबन्डा नै मुख्य कारण मानिएको कांग्रेसभित्रको विवादमा पार्टी सभापति शेरबहादुर देउवाले एकतर्फी रुपमा पेलेर अगाडि बढेको आरोप वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले लगाउँदै आएको छ ।

१४औं महाधिवेशनको मिति घोषणा भएपछि सभापति देउवाले केन्द्रीय पदाधिकारी र विभाग गठनको कामलाई तीव्रता दिएसँगै कांग्रेसभित्रको विवाद थप चुलिएको हो । आन्तरिक विवादले विभाजनसम्म भोगेको कांग्रेसमा अहिले पनि अन्तर संघर्ष रुमलिँदै आएको छ । सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाबीचको शक्ति सन्तुलन कांग्रेसमा विवाद मुख्य विषय बन्न पुगेको छ ।

१४औं महाधिवेशन उन्मुख कांग्रेसमा नेताहरुका बीचमा देखिएको अविश्वास र शक्तिको लालसाले आन्तरिक विवाद सतहमा देखिएको छ । देश संघीयतामा गएको लामो समय बितिसक्दा समेत कांग्रेसले आफ्नो पार्टी संगठनलाई संघीय संरचनामा ढाल्न सकिरहेको छैन । भ्रातृ तथा शुभेच्छुक संस्थामा आ–आफ्ना गुटका व्यक्ति राख्नै पर्ने हानाथाप अहिले पनि कायमै छ । पार्टीभित्र संगठनलाई भन्दा पनि नेताहरुको ध्यान आगामी महाधिवेशनमा सभापति र पदाधिकारी बन्नेमा बढी ध्यान केन्द्रित भएको छ ।

कांग्रेसभित्र सभापति देउवा र नेता सिटौला पक्ष आगामी फागुनमा तोकिएको महाधिवेशनको मिति सार्नुपर्ने पक्षमा छन् भने पौडेल पक्ष फागुनमै महाधिवशेन गर्नुपर्ने अडानमा रहेको छ ।

कांग्रेसले आगामी फागुनमा महाधिवशेनको मिति घोषणा गरे पनि अझै क्रियाशील सदस्यता वितरणको काम टुंगो लगाउन सकेको छैन । क्रियाशील सदस्यता वितरणको विषयमा मुख्य विवाद रहेको छ ।

सांसदसमेत रहनुभएका कांग्रेसका नेता राजन केसीले तोकिएको समयभित्र महाधिवेशन गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘अब बहानाबाजी गरेर महाधिवेशनको मिति सार्न मिल्दैन, कार्यकर्ताको चाहना र भावनाअनुसार नै महाधिवेशन सम्पन्न गर्नुपर्छ ।’

विधानअनुसार चार वर्षे कार्यकाल सम्पन्न भएर एकपटक विशेष परिस्थिति भन्दै थपिएको एक वर्षको अवधि सकिन लाग्दा समेत कांग्रेसभित्र महाधिवेशन हुने सुनिश्चित हुन सकेको छैन । कांग्रेसको पदाधिकारी बैठकले यही मंसिर मसान्तभित्र क्रियाशील सदस्यता वितरणको काम सम्पन्न गर्ने निर्णय गरेको छ । तर शीर्ष तहमा कुरा मिल्न नसक्दा क्रियाशील सदस्यता वितरणको काम थप पेचिलो बन्दै गएको छ ।, नेपाल समाचारपत्र दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top