६ मंसिर, झापा ।
दमक नगरपालिका-७ सयपत्री टोलबाट गोरुको मासु किनबेच गरेको अभियोगमा सोही ठाउँ बस्ने २० वर्षीय बब्लु अली लगायत ४ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
गोरु काटी मासु किनबेच गरिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले १० किलो मासु सहित उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।