एटीपी फाइनलस् २०२० को उपाधि ड्यानिल मेद्भेदेबलाई

८ मंसिर, एजेन्सी । एटीपी फाइनल २०२० टेनिस प्रतियोगिताको उपाधि रुसका ड्यानिल मेद्भेदेबले हात पारेका छन् ।

Advertisement

लण्डनमा गएराति भएको फाइनल खेलमा अष्ट्रियाका डोमिनिक थिएमलाई हराउँदै मेद्भेदेबले अहिलेसम्मकै ठूलो उपाधि हात पारेका हुन् । सिजनको अन्तिम प्रतियोगिताको फाइनल खेलको पहिलो सेट थिएमले ६-४ ले जिते । तर दोस्रो र तेस्रो सेट क्रमशः ७-६ र ६-४ ले जित्दै मेद्भेदेबले उपाधि पक्का गरे ।

मेद्भेदेबले फाइनलअघि शीर्ष खेलाडीहरु नोभाक जोकोभिच र राफायल नाडाललाई हराएका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top