मानव अधिकार आयोगले थाल्यो बर्दिवास घटनाबारे अनुसन्धान

१० मंसिर, काठमाडौं । महोत्तरीको बर्दिवासमा बालिकाको हत्यापछि उत्पन्न परिस्थितिबारे राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान थालेको छ ।

बर्दिबास नगरपालिकाकी ६ वर्षीया बालिका गुलाब साह खातुनको हत्यापछि पक्राउ परेका आरोपितलाई कानूनी कारबाहीको माग गर्दै आफन्त तथा स्थानीयहरूले गरेको आगजनी तथा प्रदर्शनका क्रममा एक जनाको मृत्यु भएको थियो ।

आयोगको प्रदेश नं. २ कार्यालय जनकपुरबाट घटनाको स्थलगत अनुगमन भइरहेको प्रवक्ता डा. टीकाराम पोखरेलले जानकारी दिए । प्रहरीले चलाएको गोली लागि मंगलबार बर्दिवास नगरपालिकाका सञ्जय भनिने बुद्धिराज न्यौपानेको मृत्यु भएको थियो ।

Advertisement

आयोगले महिला तथा बालबालिकामाथि हुने हिंसात्मक घटना बढिरहेको भन्दै नागरिकको बाँच्न पाउने अधिकारको रक्षा गर्न सुरक्षा निकाय तथा नागरिक सतर्क र सचेत हुनुपर्ने बताएको छ ।

हिंसात्मक घटनामा संलग्नलाई कानून बमोजिम कारवाही गर्न, कानून हातमा लिन खोज्नेलाई कानूनी प्रक्रियाबाटै नियन्त्रणमा लिन, व्यक्तिको ज्यान जाने गरी बल प्रयोग नगर्न पनि आयोगले आग्रह गरेको छ ।

Advertisement

त्यस्तै घटनाको निष्पक्ष छानविन गरी घटनामा संलग्नहरूलाई कानूनी दायरामा ल्याउन र मृतक तथा पीडितहरूलाई आवश्यक क्षतिपूर्ति उपलब्ध गराउन आयोगले सरकारलाई आग्रह गरेको छ ।

कुनै पनि आपराधिक घटनामा कानूनबमोजिम कारवाही गर्ने कार्यमा नेपाल प्रहरीलाई सहयोग पु¥याउन, प्रदर्शनका क्रममा संयमता अपनाई विरोध प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आयोगले प्रदर्शनकारीलाई आग्रह गरेको छ ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top