बर्दिबास प्रदर्शनमा मृत्यु भएको विषयमा छानबिन समिति गठन

११ मंसिर ७७, शुक्रबार

१२ मंसिर, काठमाडौं।

गृह मन्त्रालयले महोत्तरीकाे बर्दिबासमा बालिकाको हत्यापछि गएको मंगलबार प्रदर्शनका क्रममा भएको मृत्युको विषयमा छानबिन गर्न समिति गठन गरेको छ । सोही घटना सम्बन्धमा मन्त्रालयले बिहीबार उपसचिवको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो ।

प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर स्थानीय बुद्धिराज न्यौपाने गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा मंगलबारै राति काठमाडौंमा मृत्यु भएको थियो ।

Advertisement

बर्दिबास नगरपालिका–१४ की छ वर्षीया गुलाबसा खातुनको हत्यापछि प्रदर्शन चर्किएको थियो । बलात्कारपछि बालिकाको हत्या गरिएको भन्दै आफन्त र स्थानीयबासी प्रदर्शनमा उत्रिएका थिए ।

हत्या गरी बोरामा कोचेर फालिएको अवस्थामा खातुनको शव मंगलबार बिहान बर्दिबास–१४ स्थित उनको घरनजिकै फेलापरेको थियो ।

Advertisement

दोषीलाई कडा कारबाही गर्नुपर्ने मागसहित शव सडकमा राखेर गरिएको प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो ।

गोली लागेर न्यौपाने गम्भीर घाइते भएका थिए । बर्दिबासस्थित पिनाकल अस्पतालमा प्राथमिक उपचारपछि उनलाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो । उपचारकै क्रममा उनको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा मृत्यु भएको हो ।

प्रदर्शनका क्रममा घाइते भएका अरुको काठमाडौंमै उपचार भइरहेको छ । मन्त्रालयले मृतक खातुन र प्रदर्शनका क्रममा मृत्यु भएका न्यौपानेका परिवारलाई उचित राहत उपलब्ध गराउन प्रक्रिया अगाडि बढाइसकेको जनाएको छ ।

यस्तै, घाइतेहरुको उपचार खर्च सरकारले व्यहोर्ने प्रक्रिया पनि अगाडि बढाइएको जनाइएको छ । खातुनको हत्यामा संलग्नलाई पक्राउ गरी कानुनी कारबाही थालिएको मन्त्रालयले जनाएको छ ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top