मुकेश चौरसिया मृत्यु प्रकरणः पूर्वसभासद गुप्तासहित ७ जनाविरुद्ध मुद्दा नचल्ने

१२ मंसिर, वीरगञ्ज । मुकेश चौरसिया मृत्यु प्रकरणमा पूर्वसभासद राजकुमार गुप्तासहित ७ जनाविरुद्ध मुद्दा नचल्ने भएको छ ।

प्रहरी अनुसन्धानबाट घटनामा उनीहरुको संलग्नता नदेखिएकाले मुद्दा नचलाउने निर्णय गरिएको जिल्ला सरकारी वकिलको कार्यालय पर्साले जनाएको छ । यससँगै घटनापछि फरार रहेका गुप्ता वीरगञ्ज फर्किएका छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विन्दवासिनी गाउँ कमिटीको सपथ ग्रहण समारोहमा पार्टीकै दुई पक्षबीच कात्तिक ६ गते भएको झडपमा चौरसिया गम्भीर घाइते भएका थिए । एलएस न्युरो अस्पतालमा उपचारका क्रममा भोलिपल्ट उनको मृत्यु भएको थियो ।

मुकेशको सुनियोजित हत्या भएको भन्दै उनका भाइ महेशले तत्कालीन संविधानसभा सदस्य गुप्तासहित १२ जनाविरुद्ध किटानी जाहेरी दिए । प्रहरीले जाहेरी दर्ता गर्न नमानेको भन्दै उनीहरुले सडकमा प्रदर्शन समेत गरे ।

अर्को पक्षले पनि प्रदेश सह इन्चार्ज नागेन्द्र चौधरीसहित १५ जनाविरुद्ध जाहेरी दिएका थिए ।

प्रहरीले भने मुख्य अभियुक्त अखिलेश भनिने अशेसर प्रसाद चौरसिया, उत्तम भनिने निरञ्जन तिवारी, हनिफ मियाँ देवान र देवा सहनीलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो ।

प्रहरीकै राय प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय पर्साले राजकुमार गुप्ता, धिरज चौरसिया, वकिल गद्दी र नागेन्द्र चौधरी, रामचन्द्र साह, छोटेलाल यादव, परशुराम साहविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको छ ।

उक्त घटनामा सरकारी वकिल कार्यालयले मुख्य नेताहरू बाहेकका कार्यकर्तामाथि मात्रै मुद्धा चलेको छ । जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तले मुख्य अभियुक्त र मतियारहरु पहिचान गरेर प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइएको जानकारी दिइन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top