विद्युत प्राधिकरण हेटौंडाका प्रमुख जैसवालविरुद्ध घुस लिएको आरोपमा मुद्दा दायर

१२ मंसिर, काठमाडौं । नेपाल विद्युत प्राधिकरण, हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजना हेटौंडाका कार्यालय प्रमुखविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

Advertisement

हेटौंडा कार्यालय प्रमुख इन्जिनियर इश्वरीप्रसाद जैसवालविरुद्ध सेवाग्राहीसँग १० लाख रूपैयाँ घुस लिएको आरोपमा शुक्रबार मुद्दा दायर गरेको हो ।

अनुसन्धानको क्रममा जैसवालले निर्माणाधिन सो प्रसारण लाइन भित्रपर्ने रुखहरु कटान गरी ढुवानी तथा घाटगद्दी कार्य सम्पन्न गरेको रकम भुक्तानी दिनका लागि सेवाग्राहीसँग उक्त रकम घुस लिएको पाइएपछि उनीविरुद्ध मुद्दा दायर गरिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top