प्रचण्ड कमरेड, ५ हजार मान्छे हत्याको जिम्मा कसरी लिने ? (भिडियोसहित)

१४ मंसिर, विराटनगर । विक्रम संवत २०७६ माघ १ गते काठमाडौंको टुँडिखेलमा आयोजित एक कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसरी बोले ।

उनले भने, “तथ्यांक के भने, मलाई भन्ने गरिन्छ मलाई १७ हजार मान्छे मारेर आएको भन्ने तथ्यांक भन्ने गरिएको छ । साथीहरु र आदरणीय जनसमुदाय, यो सत्य होइन । यो सत्य होइन । सत्य के हो, सत्य के हो मलाई भन्न दिनुस् । सत्य के हो भने हिजोको सामन्त्य राजाहरुले १२ हजार मारेका हुन्, मलाई ५ हजारको जिम्मा दिनुहुन्छ भने म लिन्छु । तर राजाहरुले मारेको १२ हजारको चाँही कुरा नहुने । हिजोको राजाले मारेको १२ हजार (१७ मध्ये १२ हजार) को चाँही कुरा नहुने, राज्यले मारेको पनि मेरै टाउकोमा हाल्ने गरियो भने, यो न्याय हुँदैन ।”

तत्कालिन माओवादी नेतृत्वमा नेपालमा १० वर्ष लामो सशस्त्र द्वन्द्व भयो । जसको नेतृत्व प्रचण्डले गरेका थिए । संक्रमणकालिन न्याय टुंग्याउने बुँदा सहितको विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरि शान्ति प्रकृयाबाट पटकपटक सत्ताआरोहण गरेका उनि र उनको नेतृत्वले आफ्नो दायित्व बिर्सिएको,जनयुद्धका सहिदहरुको बलिदानीलाई उपेक्षा गरेको, जनयुद्धका घाइतेहरुको बेवास्ता गरेको आरोप पटक–पटक लाग्ने गरेको छ । अब जनगुनासो मात्र होइन, आफ्नै पार्टी, आफु अध्यक्ष रहेको पार्टी नेकपाका अर्का अध्यक्षले समेत उनलाई संक्रमणकालिन न्याय टुंग्याउन कुनै भूमिका नखेलेको भनेर लिखित रुपमा आरोप लगाएका छन् ।

नेकपा सचिवालय वैठकमा प्रस्ताव पेश गर्दै प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले भनेका छन्– सरकार र पार्टी नेतृत्व दुबैबाट मलाई हटाउने म्याराथनमा कुदिरहँदा कहिल्यै तपाइँको दिमागमा युद्धमा घाइते भएका, अझैपनि शरीरमा गोली र छर्रा बोकेर हिँडिरहेका साथीहरुका दुखान्त तस्बिर आउँछ ?कहिल्यै यी साथीहरुलाई राहत र पुर्नस्थापनाको विषय एजेण्डा बनाउनु भएको छ ?ओलीले फेरि लेखेका छन्–छातीमा हात राखेर भन्नुस् त, यतिका वर्षसम्म शान्ति प्रकृयाको यो विषय कसले अल्झाइरहेको छ ?

टुँडिखेलमा प्रचण्डले बोलेको भनाइलाई इंकित गर्दै उनले भने–‘५ हजार मान्छेको हत्याको जिम्मा म लिन्छु’को अर्थ के हो ?प्रचण्डलाई १७ हजार मानिस मारेको आरोप बारम्बार लाग्नेगरेको छ । बारम्बार आफ्नो पार्टी र आफु नै सरकार प्रमुख हुँदा समेत अहिलेसम्म सशस्त्र विद्रोहका समयका मुद्धाहरु टुंग्याउन वास्ता नगरेको, जनयुद्धमा योगदान दिएकाहरुलाई पार्टी र सरकारमा सहभागी गराउनुको साटो परिवारवाद र नातेदारहरुलाई सिफारिस गरेको भनि लिखित आरोप लागेपछि भने प्रचण्डको ध्यान जनयुद्धमा पिल्सिएकाहरुको दुःख भन्दा सत्तालोलुपता मै केन्द्रीत भएको हो कि भन्ने आभास हुन्छ । हिजो पीडित, प्रताडित भएका जनताले भनिरहेका थिए । आज त आफ्नै पार्टीका अध्यक्षले समेत प्रश्न गरेका छन । अब पनि यत्तिकै नाजवाफ भएर ती युद्ध पीडितका अगाडि शिर निहुराई नै रहने हो त ? यदि होइन भने अध्यक्ष ओलीले सचिवालय वैठकमै पेश गरेको लिखित प्रश्नको जवाफ के त ?

भिडियो लिङ्कः https://www.facebook.com/nepaltimesnews/videos/414823862882033/

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top